News 24 Television
जनकपुरधाममा रामायण कन्क्लेव सम्पन्न
जनकपुरधाममा रामायण कन्क्लेव सम्पन्न पाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित रामायण कन्क्लेव सम्पन्न भएको छ । हिन्दुधर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा राम र मिथिलाको राजधानी जनकपुरधामका राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो । सोही सम्बन्धलाई आधार मानेर वर्तमानमा पनि जनकपुरधाम र...
किन हुँदैन ललितपुर महानगरको चर्चा ?
किन हुँदैन ललितपुर महानगरको चर्चा ? काठमाडौं उपत्यकाभित्रको काठमाडौं महानगरपालिकाको जस्तो चर्चा हुन्छ, ललितपुर महानगरको उतिसारो चर्चा हुँदैन । शहरको सुन्दरतामा ललितपुर महानगरपािलकाले काम अब्बल छ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन पनि महानगरलाई सफा र विपद् जोखिम न्यूनीकरणमा अब्बल राख्ने काम गरिरहेको दाबी गर्छन् । 
किराँत समुदायमा उँधौलीको रौनक
किराँत समुदायमा उँधौलीको रौनक किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आजदेखि शुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौँली चाड मनाउने चलन छ ।
लालझाडीमा चौथो कञ्चनपुर सम्मेलन
लालझाडीमा चौथो कञ्चनपुर सम्मेलन रक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको अवधारणासहित कञ्चनपुरको लालझाडीमा आयोजित चौथो कञ्चनपुर सम्मेलन–२०८१ सम्पन्न भएको छ ।
जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा (तस्बिरमा)
जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा (तस्बिरमा) सोमवार रातिबाट नवदुर्गा भवानीको जात्रा शुरु भएको हो । जात्रामा भक्तजनको उल्लेख्य भीड रहेको थियो । जात्रा आज रातिसम्म मनाइन्छ । मध्यरातसम्म भवानीको पूजा हुने भवानी जात्रामा तान्त्रिक विधिद्वारा पूजाअर्चना गर्ने गरिन्छ ।
धमाधम युवा शक्ति पलायनः रित्तिदै गाउँ, वनमारा र वन्यजन्तुको त्रास
धमाधम युवा शक्ति पलायनः रित्तिदै गाउँ, वनमारा र वन्यजन्तुको त्रास घरका ढोकामा ताला ठोकिएका छन् । भित्ता उप्किएर चिरा चिरा परेका छन् । घर वरपरका वनमारा पलाएरको छ भने खेतीयोग्य जमिनमा झाडी पलाएर ढपक्कै भएका छन् । 
८ वर्ष पुराना मुद्दा शुन्यमा झार्ने सर्वोच्च अदालतको लक्ष्य
८ वर्ष पुराना मुद्दा शुन्यमा झार्ने सर्वोच्च अदालतको लक्ष्य अदालतले बनाएको योजनाअन्तर्गत ८ वर्ष नाघेका मुद्दाहरु जम्मा १५४ थान रहेको र चालु आर्थिक वर्षको असार मसान्तभित्र सक्ने योजना रहेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताए । उनले ०८२ सालको असार मसान्तसम्म ८ वर्ष पुराना मुद्दाहरु शुन्यमा झार्ने लक्ष्यअनुसार मुद्दा फस्र्यौट गरिरहेको बताए । उनले सर्वोच्च अदालतमा आफूहरुले जिरो आवरलाई संस्थागत...
सूचनाको हकको प्रभावकारिताका लागि स्थानीय तहलाई थप जिम्मेवार बनाउनुपर्ने
सूचनाको हकको प्रभावकारिताका लागि स्थानीय तहलाई थप जिम्मेवार बनाउनुपर्ने सूचनाको हक कार्यान्वयन गर्न स्थानीय तहहरुलाई थप जिम्मेवार बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
गढीमाई मेलामा तीन तहको सुरक्षा घेरा, सेना पहिलो लहरमा 
गढीमाई मेलामा तीन तहको सुरक्षा घेरा, सेना पहिलो लहरमा  बाराको महागढीमाईबाट नगरपालिकामा प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला लाखौंले अवलोकन गर्ने गर्दछन् ।
गढीमाई मेलालाई वेवास्ता गरेको भन्दै केन्द्र सरकारसँग बाराका जनप्रतिनिधि आगो  
गढीमाई मेलालाई वेवास्ता गरेको भन्दै केन्द्र सरकारसँग बाराका जनप्रतिनिधि आगो   प्रत्येक पाच बर्षमा एकपटक लाग्ने बारा बरियारपुरको गढीमाई मेला बलिको लागि विश्वमै प्रसिद्ध रहेको छ । यो मेलामा देश विदेशबाट लाखौ भक्तजन तथा दर्शनार्थी आउने गर्छन । मधेश प्रदेशको मात्र नभई देशलाई नै चिनाउने महामेला भएर पनि गढीमाई मेला प्रतिको राज्यको दृष्टिकोण साँघुरो भएको भन्दै बाराका जनप्रतिनिधिहरु निराश र असन्तुष्ट...
भाइरल हेम्जा सडक मृत्यु मार्ग बन्दै, अति स्पीड दुर्घटनाको मुख्य कारण 
भाइरल हेम्जा सडक मृत्यु मार्ग बन्दै, अति स्पीड दुर्घटनाको मुख्य कारण  पोखरामा  शुक्रबार बेलुका ट्रकले ठक्कर दिंदा चर्चीत टिकटकर गिभीना मगरकी आमाको मृत्यु भयो । पोखरा २५, याम्दीमा बेलुकी ७ बजेतिर भएको दुर्घटनामा रुकुम पश्चिम घर भई पोखरा याम्दी बस्दै आएकी ५५ वर्षीया गिभीनाकी आमा धनकुमारी बुढाको मृत्यु भएको हो । केही दिन अगाडी मात्रै सोही सडकमा लोक गायक किरण अधिकारीको...
धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् भत्ता
धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् भत्ता आफूहरुले असार महिना यताको भत्ता पाउन नसकेको लक्ष्मीनिया गाउँपालिकाकी कुमारी मण्डलले गुनासो गरिन् । भत्ता नपाउँदा धेरै समस्यामा परेको उनले बताइन् । उनले भनिन्, ‘मेरै गाउँको अध्यक्ष हुन् तर पटक पटक भेटेरै गुनासो गर्दा समेत सुन्नुहुन्न ।’
Weather Update