News 24 Television
आफ्नै पसल चोरीको अभिनय गर्दा ...
आफ्नै पसल चोरीको अभिनय गर्दा ... बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् ।  यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जना मंगलबार पक्राउ परेका छन् ।
मान्छे र हात्तीबीचको द्वन्द्व : घट्नुको साटो बढेको बढ्यै 
मान्छे र हात्तीबीचको द्वन्द्व : घट्नुको साटो बढेको बढ्यै  झापामा मानव–हात्ती द्वन्द वर्षौँदेखि निरन्तर छ । भारतबाट ठूलो संख्यामा जंगली हात्ती नेपाल प्रवेश गर्दा सिमावती क्षेत्र बाहुण्डाँगी लगायत जिल्लाको अधिकांश पालिकाका स्थानीय वर्षौँदेखि जङ्गली हात्तीबाट पीडित हुदैँ आइरहेका छन्  । 
केही प्रदेशमा भारी वर्षाको सम्भावना
केही प्रदेशमा भारी वर्षाको सम्भावना आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । 
सिन्धुपाल्चोकवासीका दुःख– वर्षा लाग्यो, निन्द्रा उड्यो 
सिन्धुपाल्चोकवासीका दुःख– वर्षा लाग्यो, निन्द्रा उड्यो  वर्षा र बाढीले निम्त्याउने विपत्तिले अति प्रभावित क्षेत्र हो, सिन्धुपाल्चोक । पछिल्लो सात वर्षमा सिन्धुपाल्चोकवासी बाढीले मच्चाएको वितण्डाले दर्जनौं पटक विस्थापित छन् । वर्षायाममा सडक अवरोध हुने र गाउँ-गाउँ बीचको सम्बन्ध विच्छेद हुने नियति हरेक वर्ष सिन्धुपाल्चोकवासीले भोगेकै छन् ।
भत्ता पाउन राष्ट्रिय परिचयपत्रको त्रास, गृहमन्त्रीसँग गुहार 
भत्ता पाउन राष्ट्रिय परिचयपत्रको त्रास, गृहमन्त्रीसँग गुहार  नागरिकता विवरणका आधारमा सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदा हाल कुनै समस्या छैन । राष्ट्रिय परिचय–पत्र बनाउन बायोमेट्रिक दिनु अनिवार्य हुन्छ, यसका लागि तोकिएका निश्चित स्थानमा उपस्थित हुनुपर्छ । तर अधिकांश वृद्धवृद्धा, अशक्त, अपांग, रोगी व्यक्ति त्यस्ता स्थानमा उपस्थित हुन समेत सकस पर्छ ।
आफै श्रमिक, आफै मालिक भन्दै सुरुग गरिएको कागज उद्योग
आफै श्रमिक, आफै मालिक भन्दै सुरुग गरिएको कागज उद्योग अर्थतन्त्रमा आएको संकुचन र यसले निम्त्याएका जोखिम न्यूनिकरणका लागि उद्योगहरुले जनशक्ति कटौतिदेखि बन्द हुने स्थिति पछिल्लो समयको नियति बनिरहेको देखिन्छ । तर, आफै श्रमिक आफै मालिक, उत्पादन हाम्रै नेपालको नेपालगञ्जमा १२ करोड लगानीको कागज उद्योग सञ्चालनमा आएको छ । यसले रोजगारी सिर्जना र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको  छ...
नेपाल गुणस्तर परिषदद्वारा कपडाको परीक्षण विधि पारित
नेपाल गुणस्तर परिषदद्वारा कपडाको परीक्षण विधि पारित नेपाल गुणस्तर परिषद्ले विभिन्न किसिमका कपडाको परीक्षण विधि र सुरक्षित सिसाको नेपाल गुणस्तर मापदण्ड पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको ११२औँ परिषद्को बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको उक्त मापदण्ड पारित गरेको हो ।
‘अघि–अघि निर्माण, पछि–पछि खत्तम’  
‘अघि–अघि निर्माण, पछि–पछि खत्तम’   सर्लाहीको मलंगवा नगरपालिका २ मा नाला निर्माण कार्य गुणस्तर नभएको भन्दै स्थानीयले विरोध जनाएका छन् । कृष्ण चोकदेखि उत्तरतर्फ जाने बाटोको दुवैतर्फ निर्माणाधीन अवस्थामा रहेको नाला गुणस्तरहीन भएको स्थानीयको गुनासो छ  । 
नदी सफाइ गर्दै काठमाडौँ महानगर
नदी सफाइ गर्दै काठमाडौँ महानगर काठमाडौँ महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । 
पाँचवटा प्रदेशमा मनसुनको प्रभाव
पाँचवटा प्रदेशमा मनसुनको प्रभाव देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ ।
स्वदेश फर्कने भन्दाभन्दै बित्यो ३ दशक, अझै छैन अत्तोपत्तो 
स्वदेश फर्कने भन्दाभन्दै बित्यो ३ दशक, अझै छैन अत्तोपत्तो  आज २४ औँ विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाइयो । तर झापाको दमकस्थित बेलडाँगी शिविरमा अनिश्चित भविष्य बोकेर बसिरहेका भुटानी शरणार्थीमा भने यो दिवसको कुनै उत्साह थिएन । उनीहरुका धेरै आफन्त पूर्नवासको क्रममा युरोप अमेरिका लगायतका देशमा पुगिसके तर उनीहरु भने मातृभूमि भुटान फर्किने झिनो आशमा शरणार्थी शिविरमै...
Weather Update