आज इन्द्रजात्रा एवं विश्वकर्मा पूजा मनाइँदै
मंगलबार, असोज १, २०८१

उपत्यकाकै ठूलो पर्व इन्द्रजात्रा शुरु, सम्पुर्ण तयारी पुरा
सोमबार, भदौ ३१, २०८१
काठमाडौंको हनुमानढोका दरबार अगाडि आइतबार विधिपूर्वक इन्द्रध्वजासिहतको यःसिं ठड्याइसँगै येँया अर्थात् इन्द्रजात्रा सुरु भएको छ । आठ दिनसम्म मनाइने इन्द्रजात्राको मुख्य दिनमा जिवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरिन्छ भने आइतबार नै दिवंगतहरुको सम्झनामा उपाकु पर्व मनाइन्छ ।

बढ्दैछ आत्महत्याकाे ग्राफ : वर्षदिनमा ७ हजार २२३ जनाले गरे आत्महत्या
आइतबार, भदौ २३, २०८१
घिमिरेका अनुसार नेपालमा वयस्कमा ६.५ प्रतिशत र किशोरकिशोरीमा ३.९ प्रतिशतले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या रहेको छ । आत्महत्याका धेरै कारणहरुमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेको उनले बताए । त्यस्तै सामाजिक, सांस्कृतिक र...
हरितालिका तीज : पशुपतिमा व्रतालु महिलाको रौनक (तस्वीर)
शुक्रबार, भदौ २१, २०८१
आज हरितालिका तिज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ । आज दशेभरका शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लाग्ने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
आज हरितालिका तिज पर्व मनाइँदै
शुक्रबार, भदौ २१, २०८१
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज मनाइँदैछ । विशेषगरी हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गरी तिज मनाउने गर्छन् । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ ।
ज्येष्ठ नागरिकहरुको सम्मानार्थ विज्ञापन गुरु निर्मलराजको तीज दर कार्यक्रम
बुधबार, भदौ १२, २०८१
मीनभवनमा रहेको नि:सहाय सेवा सदनमा तीजको गीत बज्न थालेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकहरु कोही फुरफुर गर्न र कोही टोल्हाउन थाले ।

कृष्ण जन्माष्टमीको भोलीपल्ट मनाइने दधिकादोमा झुमे राजवंशी
बुधबार, भदौ १२, २०८१
पूर्वी तराईको झापामा बसोबास गर्ने आदिबासी समुदायका राजवंशी, चौधरी, गन्गाई, ताजपुरिया लगायतका जातिले यसपालिको दधिकादो पर्व हर्सोउल्लासका साथ मनाएका छन् । भगवान श्रीकृष्णको जन्म भएको खुशीयालीमा नवमीका दिन राजबंशी समुदायले एक अर्कामा हिलो दलेर यो पर्व मनाउने गर्दछन् ।

नयाँ जीवन पाएर फर्किए रामआशिष
मंगलबार, भदौ ११, २०८१
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहल र उद्योगी व्यवसायीको आर्थिक सहयोगमा ‘ब्लडमनी’मा सहमति भएपछि मृत्युदण्डबाट जोगिएका धनुषाका रामआषिश यादव घर फर्किएका छन् ।

१५ वर्षमा १० हजार विगाह जग्गा भूमाफियाको कब्जामा
मंगलबार, भदौ ११, २०८१
सर्लाहीमा भूमाफियाहरुले १० हजार बिगाहाभन्दा बढी सार्वजनिक जग्गा हडपेका छन् । भूमाफीहरुले आर्थिक चलखेल गरेर १५ वर्षको अवधिमा ती सार्वजनिक जग्गा अतिक्रमण गरी कब्जा गरेको खुलेको हो । बरहथवा, लालबन्दी, हरिवन र कविलासी नगरपालिका तथा चक्रघट्टा, रामनगर, विष्णु, ब्रम्हपुरी, रामनगर गाउँपालिका लगायत सबै पालिकामा गरी १० हजार ६ सय ८५...

कृष्णथुम्की मन्दिरमा भक्तजनको घुइँचो
सोमबार, भदौ १०, २०८१
श्रीकृष्ण जन्माष्टमीको अवसरमा झापाको मेचीनगरमा रहेको कृष्णथुम्की मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । धर्मग्रन्थमा उल्लेख भए अनुसार भगवान् कृष्णले स्वयं पाइला राखेको यस स्थानमा आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधना गर्ने भक्तजनको घुँइचो लागेको हो ।

श्रीकृष्णजन्माष्टमी र ‘मोहरात्रि’ मनाइँदै
सोमबार, भदौ १०, २०८१
आज कृष्णजन्माष्टमी पर्व देशभर भगवान श्रीकृष्णको पूजाआजा गरी मनाइँदैछ । भाद्र कृष्ण अष्टमीको दिन भगवान् विष्णुको अवतार मानिने श्रीकृष्णको जन्म भएकाे दिनका अवसरमा उनकाे पूजाआजा गरी वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले जन्माष्टमी मनाउने गर्दछन् ।
साताको लोकप्रीय