News 24 Television
झेल गरेर गण्डकीमा विश्वासको मत लिएको कांग्रेसको आरोप
झेल गरेर गण्डकीमा विश्वासको मत लिएको कांग्रेसको आरोप गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई सभामुख कृष्ण धितालले पनि विश्वासको मत दिएका छन् । आइतबार प्रदेशसभामा पेश भएको विश्वासको मतसम्बन्धी प्रस्तावमा आफूले मत दिएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरे । तर सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेको...
समिति सभापति हात पार्न हानाथाप 
समिति सभापति हात पार्न हानाथाप  बागमती प्रदेशसभाको संसदीय समितिका सभापति चयनका लागि अन्तिम मिति तय गरिएको छ । आउँदो जेठ ३ गतेसम्म सर्वसम्वतरुपमा समितिका सभापतिको चयन नभए जेठ ४ गते निर्वाचन प्रणालीबाट सभापति चयन गर्ने सहमति गरिएको हो । सत्तापक्ष दलहरुले सहमतिमै टुंग्याउने भने पनि यो विषय सहज भने देखिदैन । 
जम्कट्टेलले पाए तेश्रो पटक विश्वासको मत, सत्ता संकट कायमै
जम्कट्टेलले पाए तेश्रो पटक विश्वासको मत, सत्ता संकट कायमै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । १५ महिनाको अवधिमा बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएका छन् । सोमबार बागमती प्रदेशसभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरेका छन् । सत्ता समीकरणमा आएको फेरबदलसँगै नेपाली कांग्रेसले...
Weather Update