News 24 Television
ज्ञानेन्द्रको श्रीपेच मोहः दलहरुको यस्तो हस्तक्षेप 
ज्ञानेन्द्रको श्रीपेच मोहः दलहरुको यस्तो हस्तक्षेप  पूर्वराजा ज्ञानेन्द्र शाहको श्रीपेच मोहले तरङ्ग पैदा गरिदिएको छ । पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा चैत १५ गते काठमाडौंमा हिंसात्मक प्रदर्शन भएको भन्दै गणतन्त्रवादी दलहरुले चर्को विरोध र आलोचना गरिरहेका छन् । 
दुर्गा प्रसाईंको प्रदर्शनमा राप्रपा संलग्न छैनः पशुपति शमसेर 
दुर्गा प्रसाईंको प्रदर्शनमा राप्रपा संलग्न छैनः पशुपति शमसेर  चैत १५ गते राजावादी आन्दोलनमा सरकारले सुनियोजित तरिकाबाट दमन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले बहुदलीय ब्यवस्थामा सबैको स्थान हुने बताएका छन् । राजावादी आन्दोलनलाई सरकारले दमन गरेको भन्दै राणाले सो आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको संस्थागत सम्वन्ध नभएको दाबी गरे । 
हुलाकबाटै पुग्यो पूर्वराजालाई जरिवाना पत्र
हुलाकबाटै पुग्यो पूर्वराजालाई जरिवाना पत्र कुनै पनि राजनीतिक दलले काठमाडौंमा सभा सम्मेलन गरी फोहर गर्ने कुरा सामान्यजस्तै थियो । तर पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भने आन्दोलनका क्रममा फोहोर गरेमा समेत सम्बन्धित दल वा आयोजकलाई जरिवाना तिराउने गरेका छन् । शुक्रबार मात्रै राजावादीहरुले गरेको प्रदर्शनका क्रममा फोहर गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै...
पूर्वराजाको रुपरंगले सन्नाटा ! नेताहरुको योजना यस्तो !
पूर्वराजाको रुपरंगले सन्नाटा ! नेताहरुको योजना यस्तो ! पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा चैत्र १५ गतेको प्रदर्शन हिंसात्मक बनेपछि राजनीतिक दलहरुले अनेक टिप्पणी गरिरहेका छन् । 
प्रदर्शन छेड्नेहरु नै मुकुट खोल्दै ! आफु जोगिन अनेक खेल ! 
प्रदर्शन छेड्नेहरु नै मुकुट खोल्दै ! आफु जोगिन अनेक खेल !  काठमाडौंको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक आन्दोलनले पारेको प्रभावले गम्भिर रुप लिइरहेको छ । शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा भएको प्रदर्शनले उग्र रूप लिएपछि दुईजनाको ज्यान नै गयो । 
पूर्वराजा घर भएरै बेघर ! आज्र्याको इज्जत धुलोमै मिसियो ! 
पूर्वराजा घर भएरै बेघर ! आज्र्याको इज्जत धुलोमै मिसियो !  राजावादी आन्दोलनको जनकमाण्डर तोकिएका दुर्गा प्रसाई फरार छन् । तीनकुने क्षेत्रमा हिंसा भड्काउने काम गरेर भागेका प्रसाई फरार त रहे, तर, पूर्वराजा ज्ञानेन्द्र शाहको गद्दी फिर्ति योजनामा उनले धव्वा नै लगाइदिए । प्रसाई समातिए भने यो विषयको रहस्य थप खुल्ने अपेक्षा समेत गरिएको  छ । 
सरकार र राजावादीको रस्साकस्सी चर्किने संकेत, छुट्लान रवीन्द्र र धवल ? 
सरकार र राजावादीको रस्साकस्सी चर्किने संकेत, छुट्लान रवीन्द्र र धवल ?  शुक्रबार तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शन अराजक बन्दा एक पत्रकार सहित २ जनाले ज्यान गुमाए भने करोडौंको भौतिक क्षती पुग्यो । 
पूर्वराजालाई बालेनको डण्डा ! के बन्दैछ परिस्थिति ? 
पूर्वराजालाई बालेनको डण्डा ! के बन्दैछ परिस्थिति ?  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झण्डै ८ लाख रुपैयाँ जरिवाना तोकेका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहमाथि बालेनले तोकेको जरिवानामा केवल जरिवाना होइन, राजनीतिक सन्देश पनि लुकेको त छैन भन्ने आकलन भइरहेका छन् ।
पत्रकार सुरेश रजक मारिएको बिरोधमा पत्रकार महासंघको बिरोध
पत्रकार सुरेश रजक मारिएको बिरोधमा पत्रकार महासंघको बिरोध राजावादीहरुको आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजकको बिरोधमा नेपाल पत्रकार महासंघले बिरोध जनाएको छ ।  शनिवार बिहान काठमाडौंको माईतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्याको बिरोधमा पत्रकारहरुले बिरोध प्रदर्शन गरेका हुन् । 
राजावादीको आन्दोलनले ज्यानै लियो, घरमा आगो लगाउदै हिँडे !
राजावादीको आन्दोलनले ज्यानै लियो, घरमा आगो लगाउदै हिँडे ! राजतन्त्रको पक्षमा चलेको आन्दोलन हिंसात्मक बन्न पुगेको छ । प्रदर्शनकारीहरुले सार्वजनिक सम्पत्तिदेखि व्यक्तिका सम्पत्तिमा आगजनीदेखि तोडफोडका घटनाहरु देखिए । यस्तोमा कसरी प्रदर्शनस्थल रणमैदानमा परिणत भयो त ? 
Weather Update