News 24 Television
पूर्वराजा घर भएरै बेघर ! आज्र्याको इज्जत धुलोमै मिसियो ! 
पूर्वराजा घर भएरै बेघर ! आज्र्याको इज्जत धुलोमै मिसियो !  राजावादी आन्दोलनको जनकमाण्डर तोकिएका दुर्गा प्रसाई फरार छन् । तीनकुने क्षेत्रमा हिंसा भड्काउने काम गरेर भागेका प्रसाई फरार त रहे, तर, पूर्वराजा ज्ञानेन्द्र शाहको गद्दी फिर्ति योजनामा उनले धव्वा नै लगाइदिए । प्रसाई समातिए भने यो विषयको रहस्य थप खुल्ने अपेक्षा समेत गरिएको  छ । 
सरकार र राजावादीको रस्साकस्सी चर्किने संकेत, छुट्लान रवीन्द्र र धवल ? 
सरकार र राजावादीको रस्साकस्सी चर्किने संकेत, छुट्लान रवीन्द्र र धवल ?  शुक्रबार तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शन अराजक बन्दा एक पत्रकार सहित २ जनाले ज्यान गुमाए भने करोडौंको भौतिक क्षती पुग्यो । 
पूर्वराजालाई बालेनको डण्डा ! के बन्दैछ परिस्थिति ? 
पूर्वराजालाई बालेनको डण्डा ! के बन्दैछ परिस्थिति ?  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झण्डै ८ लाख रुपैयाँ जरिवाना तोकेका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहमाथि बालेनले तोकेको जरिवानामा केवल जरिवाना होइन, राजनीतिक सन्देश पनि लुकेको त छैन भन्ने आकलन भइरहेका छन् ।
पत्रकार सुरेश रजक मारिएको बिरोधमा पत्रकार महासंघको बिरोध
पत्रकार सुरेश रजक मारिएको बिरोधमा पत्रकार महासंघको बिरोध राजावादीहरुको आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजकको बिरोधमा नेपाल पत्रकार महासंघले बिरोध जनाएको छ ।  शनिवार बिहान काठमाडौंको माईतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्याको बिरोधमा पत्रकारहरुले बिरोध प्रदर्शन गरेका हुन् । 
राजावादीको आन्दोलनले ज्यानै लियो, घरमा आगो लगाउदै हिँडे !
राजावादीको आन्दोलनले ज्यानै लियो, घरमा आगो लगाउदै हिँडे ! राजतन्त्रको पक्षमा चलेको आन्दोलन हिंसात्मक बन्न पुगेको छ । प्रदर्शनकारीहरुले सार्वजनिक सम्पत्तिदेखि व्यक्तिका सम्पत्तिमा आगजनीदेखि तोडफोडका घटनाहरु देखिए । यस्तोमा कसरी प्रदर्शनस्थल रणमैदानमा परिणत भयो त ? 
राजावादीको उग्रताले त्रासमा काठमाडौं, विस्फोटको जोखिम, सेना फिल्डमा 
राजावादीको उग्रताले त्रासमा काठमाडौं, विस्फोटको जोखिम, सेना फिल्डमा  नेपालमा राजसंस्था पुर्नस्थापनाको माग गर्दै निर्णायक आन्दोलन शुरु गरेका राजावादीहरुको प्रदर्शन पहिलो दिनमै हिंसात्मक बन्न पुगेको छ । 
विरोधका आवाज सम्हाल्न गाह्रो, ओली आफ्नै अडानबाट ब्याक !
विरोधका आवाज सम्हाल्न गाह्रो, ओली आफ्नै अडानबाट ब्याक ! प्रधानमन्त्री केपी ओली आफ्ना अडानबाट पछि हट्न थालेका छन् । गणतन्त्रविरुद्धको आन्दोलन र त्यसबाट सिर्जित अवस्थाका कारण पनि प्रधानमन्त्री ओली अडान कायमै राख्दा समस्या सिर्जना हुनेतर्फ सचेत बनेको देखिन्छ । तर, ओलीले किन यस्तो गर्न खोजे त ?
राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी प्रसाईंले लिनुपर्छ : गृह मन्त्रालय
राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी प्रसाईंले लिनुपर्छ : गृह मन्त्रालय व्यक्तिका निजी सम्पती, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भत्र्सनायोग्य गर्दै मन्त्रालयले हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजकनै पूर्ण रुपमा जिम्मेवार रहेको जनाएको छ ।
Weather Update