
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारीको निष्ठा, आदर्श, जीवनशैलीलाई व्यवहारमा उतार्नसके राजनीतिप्रति जनताको भरोसा र विश्वास कायम गर्न ठूलो टेवा पुग्ने बताएकी छन्।
शनिवार ललितपुरमा मनमोहन अधिकारीको २६ औं स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले २०५१ सालमा संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सरकार सामाजिक न्याय, सुशासन, पारदर्शिता, समावेशिताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको बताए ।
उनले नेकपा एमालेको उक्त ऐतिहासिक नौ महिने कम्युनिष्ट सरकारले अघि सारेका आफ्नो गाउँ, आफैँ बनाउँ, ज्येष्ठ नागरिकहरुका लागि सम्मान वृद्धभत्ता र नौ सका कार्यक्रम, सामाजिक, आर्थिक विकासका लोकप्रिय कार्यक्रमले राष्ट्र निर्माणमा जनतालाई परिचालन गर्न सफल भएको स्मरण गरे ।
उनले मनमोहन अधिकारीले ल्याउनुभएका यि कार्यक्रमहरुको जस अझैसम्म पनि नेकपा एमालेले पाइरहेको बताए । मनमोहन अधिकारी जस्ता प्रगतिशिल सोच, विचार भएका नेताहरुबाट प्रेरणा लिइ मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका दिशामा सबैले सक्रिय भुमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।
पूर्वराष्ट्रपति भण्डारीले मनमोहन अधिकारी एक राजनीतिक नेता मात्र नभइ नेपाली समाजका लागि प्रेरणादायी र आदर्श व्यक्तित्व भएको बताए ।