News 24 Television
सुनिताको नजरमा बालेन ‘स्टन्टबाज’, देखाइन् उग्र रुप !

काठमाडौं । काठमाडौं महानगरका दुई युवा नेतृत्व मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीच पछिल्ला समय मतभेद बढ्दै गएका छन् । महानगरको नीति कार्यान्वयन तथा कार्यसम्पादनको विषयमा बालेन र सुनिताबीच केमेष्ट्री मिलिरहेको छैन । 

पछिल्लो समय स्वतन्त्र निर्वाचित मेयरमाथि सुनिता एमाले संगठनको बलमा पेल्ने तथा हस्तक्षेपकारी भूमिकामै उत्रिन थालेकी छन । सानातिना विषयमा सुनिता र बालेनबीच सामान्य टसल रहेपनि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय फर्काउने विषयमा भने दुई पक्षबीच ठूलै संघर्ष चुलिएको थियो । 

मेयर बालेन गुरागाईमाथि अनियमितताको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृतको रुपमा पुनः महानगर प्रशासनमा फर्काउन चाहँदैन थिए । तर प्रमुख प्रशासकीय अधिकृत नहुँदा झण्डै ३ महिनासम्म कर्मचारीले तलव सुविधा नै प्राप्त गरेनन् । त्यसपछि उपमेयर सुनिताकै अगुवाईमा ताल्चा नै फोडेर गुरागाईँलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यकक्ष प्रवेश गराइएको थियो । 

बालेनविरुद्ध सुनिताको आक्रोश !

लागातारजस्तै बालेनसँग असन्तोष रहेकी सुनिता सार्वजनिक कार्यक्रममै पनि आक्रामक बन्दै गएकी छन् । उनी राजावादीसँगै बालेनसँग पनि आक्रोशित बन्न थालेको देखिन्छन् । मेयर बालेन शाह धेरैजसो सार्वजनिक मञ्चमा बोल्दैनन् । उनी सामाजिक संजालमार्फत नै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अन्य विरोधीहरुलाई जवाफ दिँदै आएका छन् । यद्यपि सामाजिक संजालको स्टाससँगै जोडेर बालेनप्रति इंगित गर्दै सुनिताले भने ‘स्टन्ट’ले देश नचल्ने भनेर व्याङ्ग्य गरेकी छन् । 

एमालेले कहल्यै पनि सामाजिक संजालमा अराजकता, उग्रता र भाइरल बन्न नसिकाउने दावी गर्दै सुनिताले आफूलाई एमाले पार्टी मनपर्नेसमेत भनेकी छन् । उनले एमालेमा कहिल्यै नकारात्मक र भ्रमको खेती नहुनेसमेत जिकिर गरेकी छन्  ।
         
बालेनप्रति नै लक्षित गर्दै सुनिताले युवा नेतृत्व मात्रै नभएर देशले असल र सक्षम युवा नेतृत्व खोजिरहेको टिप्पणी गरेकी छन् । पछिल्ला दिनहरुमा एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताउँदै उनले जति नै गरेपनि एमालेलाई कसैले रोक्न नसक्ने दावी गरेकी छन् । 

हुनत काठमाडौं महानगरको नेतृत्वमा युवा पुस्ताको आगमन हुँदा उत्साह र उमंग छाएको थियो । तर पछिल्लो समय बालेन र सुनिताबीच बढ्दो टसलले भने महानगरबासीमा नैराश्यता थपेको छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि मेयर बालेन शाह सामाजिक संजालमार्फत लगातार खनिएपछि सुनिताले पनि बालेनविरुद्ध काउन्टरको रणनीति लिएको देखिन्छ । 

बालेनविरुद्ध सुरुमा भद्र ढंगले प्रस्तुत हुनेगरेकी सुनिता अहिले भने पार्टीकै आड लिएर चर्को रुपमा पस्तुत हुन थालेकी छन् । बालेन र सुनिताको टसलले भविष्यमा महानगरको कामकारवाही थप प्रभावित हुनसक्ने आशंका सृजना भएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update