स्याङजा । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ स्थित राम्दीमा प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा अवैध सामानसहितको मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु २ ख १९२१ नम्बरको मिनि ट्रक जाँच गर्ने क्रममा बिल नभएका चिनी, भुजा र केराउ फेला पारेपछि प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा रुपन्देहीको सुद्योधन गाउँपालिका वडा नम्बर ३ का २४ बर्षीय बसन्त परियार र पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ४ का ४० वर्षीय सुमन विक र रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ६ का २३ वर्षीय दिप्सन सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार ट्रकबाट बरामद सामानमा बिल नभएको २१० बोरा चिनी ३९ बोरा भुजा र १८ बोरा केराउ रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सामानसहित ट्रक, चालक र सहचालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको स्याङजाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिए ।