कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे दुई वर्ष भइसक्दा पनि यस बारे विभिन्न आलोचना भइरहेका छन् । यस विमानस्थललाई लिएर सकरात्मक आशा र नकरात्मक चिन्ताहरु दुवै पक्षबाट कुराहरु उठ्न थालेको छ ।
पोखराको पर्यटनलाई चलायमान बनाउन निकै ठुलो संघर्ष र दबाबका बीच सञ्चालन गरिएको विमानस्थल असफल भएको र सञ्चालन रोक्नुपर्ने जस्ता नकरात्मक संदेशले पोखराको पर्यटनमा ठुलो असर परेकोमा व्यवसायी चिन्तित छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे दुई वर्ष भइसक्दा पनि यसका बारेमा विभिन्न टिका टिप्पणी र आलोचना कायमै छन् । यस विमानस्थललाई लिएर सकरात्मक आशा र नकरात्मक चिन्ताहरु दुवै पक्षबाट कुराहरु उठ्न थालेका छन् ।
सरकारद्वारा निर्माण गरिएको यो विमानस्थल नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो, जसले विशेषगरी पर्यटन क्षेत्रमा ठूलो योगदान पु¥याउने अपेक्षा गरिएको छ । तर पछिल्लो समय केही सामाजिक सञ्जाल र अनौपचारिक मिडिया च्यानलमार्फत विमानस्थल सञ्चालन असफल भएको र सञ्चालन रोक्नु पर्ने भन्नेतर्फ जोड दिइ सन्देश प्रवाह हुनथालेपछि पोखराका पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।
पोखराको पर्यटनलाई चलयमान बनाउन निकै ठुलो संघर्ष र दवावका विच सञ्चालन गरिएको विमानस्थल असफल भएको र सञ्चालन रोक्नुपर्ने जस्ता नकरात्मक संदेशले पोखराको पर्यटनमा ठुलो असर परेकोमा व्यवसायी दुखी छन् ।
यदि विमानस्थलमा आर्थिक अनियमितता भएको हो भने छानविन गरि कारवाहीको दायरामा ल्याउनुपर्ने, तर भ्रम छरेर विमानस्थल सञ्चालनलाई नै रोक्ने गतिविधि नबढाउन पर्यटन व्यवसायीको माग छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय भएका विभिन्न अन्तर्राष्ट्रिय चाटर्ड र नियमित उडानले आन्तरिक रूपमा देशको पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय सम्बन्धका लागि सकारात्मक सन्देश दिइरहेको छ । आन्तरिक उडान तर्फ पनि अघिल्ला वर्षहरुको तुलनामा धेरै नै उडिरहेको विमानस्थलले जनाएको छ ।
यता सन् २०२५ लाई पोखरा महानगरले ‘पोखरा भ्रमण वर्ष’ पनि घोषणा गरिसकेको छ, जसमा आन्तरिक र बाह्य गरि २० लाख बढी पर्यटक पोखरा भित्र्याउने लक्ष्य राखेको छ ।
पर्यटन भित्र्याउने योजना अगाडी बढीरहदा विमानस्थलका विषयमा नकरात्मक र भ्रामक प्रचारले पर्यटन क्षेत्रमा ठुलो असर परेको पर्यटन व्यवसायीको अनुभव छ ।
सबैको प्रयासले अन्तर्राष्ट्रिय उडान गराउन अहिले केही हदसम्म सफल भैरहेको अवस्थामा भ्रम छर्ने प्रचार पोखराको लागि राम्रो नभएको पोखराका मेयर धनराज आचार्य बताउँछन् ।
विमानस्थलमा आर्थिक अनियमितता भएको हो भने छानविन गरि कारवाहीको दायरामा ल्याउनुपर्नेमा कुनै दुई मत छैन, तर भ्रम छरेर विमानस्थल सञ्चालनलाई नै रोक्ने गतिविधि नबढाउन विभिन्न संघसंस्थाले ध्यानाकर्षण समेत गराईसकेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका गलत सूचनाले यस क्षेत्र सम्वन्धित लगानीकर्ताहरू र अन्तर्राष्ट्रिय सम्वन्धमा भने गलत सन्देश पक्कै जानेछ ।