News 24 Television
बिहीबार एमालेले १ लाख युवा सडकमा उतार्ने दाबी

काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघका अध्यक्ष क्षितिज थेवेले लोकतन्त्र प्राप्तिको दिन वैशाख ११ गते नेकपा एमालेले आयोजना गर्न लागेको युवा उत्सवमा एक लाख युवा सहभागी हुने बताएका छन् । 

कार्यक्रमका बारेमा जानकारी दिन युवा संघले बुधवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले इतिहासको धरातलमा उभिएर युवाले लोकतन्त्रको उत्सव मनाउन लागेको बताए । उनले नेपालमा ४२ प्रतिशतभन्दा बढी युवा जनसंख्या भएको बताए ।

घाँस दाउरा गरेर आएको युवा पुस्ता एआईको जमानामा पनि उत्तिकै अपडेट भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । नेपालमा रहेका एक करोड युवाको आवाज नै लोकतन्त्र भएको उनको भनाइ छ । उनले बैशाख ११ गतेको उत्सव राष्ट्रप्रेमीहरुको कार्यक्रम भएको जिकिर गरे । उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुनसक्ने दाबी गरे । नेपाली जनताले जितेर लोकतन्त्र प्राप्ति गरेको दिनलाई युवाहरुले उत्सवको रुपमा मनाउन लागेको उनकाे दाबी छ ।

थेवेले भने, ‘आज हामीले इतिहासलाई सम्झिएर आज हामी जुन धरातलमा उभिएर टेकिरहेको अवस्था छ यो धरातलमा उभिन अवस्था बनाइ दिुनुहुने अग्रजहरुलाई सम्झिएर लोकतन्त्रको प्राप्तिको नेपाली जनताले विजय गरेको दिनलाई ऐतिहासिक क्षणलाई यो ऐतिहासिक दिनलाई डेमेक्रेसी डेलाई अब नेपाली युवाहरुले सेलिब्रेसन गर्नुपर्छ । यो लोकतन्त्रको उत्सव र उत्सवको पनि महाउस्तव रुपमा युवाहरु अगाडि बढ्नुपर्छ । र नेकपा एमालेका तमामा हामी अण्डर फोर्टीका युवाहरु यो उत्सवमा सहभागी हुन आएका छौँ । नेकपा एमालेका अण्डर फोर्टीका एक लाख युवालाई स्वागत गर्नका निम्ति, यो उत्सवमा सहभागी गराउनका लागि र लोकतन्त्र दिवसलाई भरपुर रुपमले मनोरञ्जनमय बनाएर अगाडि बढ्नका लागि अन्तिम तयारी भयो भन्ने जानकारीका साथ यो पत्रकार सम्मेलन आयोजना गरेका छौँ । आज हामी डिजिटल युगको जमानामा छौँ । हाम्रै उमेर समूह जस्ले भिन्नि उतारचडावहरु समयको परिवर्तनको नेतृत्व गर्दै आयौँ । हाम्रै यही उमेर समूहले घाँस दाउरा हलो कोदालो गर्दै स्कुलको अवस्था पार गर्दै एआईको जमानामा डिजिटल युगमा उत्तिकै अपडेट भएर अगाडि बढ्नुपर्ने पुस्ता छौँ । वैशाख ११ गते हामी यो देशको कूल जनसंख्याको ४२ दशमलव ५६ प्रतिशत युवाहरुको जनसंख्या छ । एक करोड युवाको आवाज लोकतन्त्र हो । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै छ । त्यसकारण नेपाली जनताले जितेको दिनको उत्सव हामी मनाउँछौँ ।’

अध्यक्ष थेवेले युवा उद्यमशीलताको सङ्कल्पसहित मनाइने उत्सवमा देश निर्माणको प्रण लिइने बताए । लोकतन्त्र दिवसको अवसरमा आयोजना हुने वैशाख ११ गतेको कार्यक्रममा कलकारहरुले आफ्नो प्रश्तुती दिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update