ब्राजिलियन फुटबलर कार्लोसले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडौँ । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गरेका हुन् ।
नेपाल सुपर लिग हेर्न मंगलवार नेपाल आएका ब्राजिलियन खेलाडी कार्लोस र प्रधानमन्त्री ओलीबीचको भेटमा नेपालमा खेलकुद क्षेत्रको उन्नयनका बारेमा छलफल भएको छ । ५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको राष्ट्रिय टोलीबाट खेलेका थिए ।
कार्लोस शुक्रवार नै नेपाल आउने कार्यक्रम रहे पनि स्वास्थ्य अवस्थाका कारण आउन सकेका थिएनन् । ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस महत्वपूर्ण खेलाडी थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ १३:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय