News 24 Television
दोलखा करुणामय, बुकदेउको ऐतिहासिक र सांस्कृतिक कथा वाचन

दोलखा । भीमेश्वर नगरपालिका वडा नं २, तसिचाको डबलीमा ९ दिन लामो ऐतिहासिक बुकदेउ, दोलखा करुणामय जात्राको कथावाचन कार्यक्रम गत २०८२ बैशाख ३ गते सम्पन्न भएकाे छ ।

काठमाडौं महानगरपालिका, वडा १५ स्थित बाखं न्यने वा संस्थाको आयोजना तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोग र भीमेश्वर सामुदायिक विकास संस्थासंगको सहकार्यमा त्यस वडाका बुद्धिजीबी एवं सांस्कृतिक अभियान्ता श्री शान्तकृष्ण श्रेष्ठज्यूले दोलखाको स्थानीय भाषामा बुकदेउको कथावाचन गर्नु भएको थियो । 

भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष श्री स्तालिन श्रेष्ठज्यूको आतिथ्यमा भएको यस कार्यक्रममा दोलाखा भाषाबाट नेपाली भाषामा वडाका पूर्व वडा अध्यक्ष श्री विराजमान श्रेष्ठज्यूले अनुवाद गरि सुनाउनु भएको थियो । बुकदेउ जात्राको ऐतिहासिकता, विगत र वर्तमान अवस्था, जात्राको ईतिहास, जात्रामा हुने अनुष्ठान पुजाहरु, जात्राको सामाजिक र आर्थिक आदि विभिन्न पक्षमा श्रोतहरुलाई कथावाचकले खोजमूलक जानकारी दिनुभएको थियो । 

8E5A8423-1745313306.jpg
काठमाडौ उपत्यका लगाएत देशका विभिन्न भागमा परम्परागत रुपमा कथावाचनको प्रचलन रहिआएको छ । मौखिकरुपमा घर परिवार र समाजमा प्रचलित यस्तो परम्परा नेपालको आफ्नै विशेषतायुक्त र अमुर्त सम्पदा पनि हुन । तर यस्तो गौरबपूर्ण परम्पराहरू लोपन्मुख अवस्थामा रहेको वर्तमान अवस्थामा ती परम्पराहरुको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यका साथ बिगत आठ वर्ष देखि बाखं न्यने वा संस्थाले विभिन्न सम्पदा क्षेत्रहरु तथा सांस्कृतिक उत्सवहरुमा सहभागी भई बाखं न्यने वा कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् । हालसम्म काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा गएर ती ठाउँहरुका सम्पदा र संस्कृतिका विभिन्न विधाहरुको ५० वटा कथावाचन कार्यक्रम गरि कथाहरू संकलन गरिसकेको छ ।

यही क्रमलाई निरन्तरता दिदै ५१ औं श्रृङ्खलाको रुपमा बिभिन्न विधाहरु मध्ये एउटा “करुणामय सिरिज” अर्थात् नेवाः समुदाय भित्र रहेका अति विशिष्ट महत्व र ऐतिहासिकता रहेको करुणामय/लोकेश्वरको बिभिन्न रुप तथा अवस्थाका कथाहरु संकलन गर्ने उदेश्यका साथ बाखं न्यने वा संस्थाले यो श्रृंखलामा दोलखाको अति पुजनीय करुणमय लोकेश्वर जसलाई स्थानीय दोलखा भाषामा बुकदेउ भनिन्छ, उहाँको बारे कथा संकलन गरिएको थियो । परम्परागत रुपमा प्रचलनमा रहेको कथावाचन पद्धतिलाई अनुसरण गरि ऐतिहासिक स्थान मै कथावाचन गर्ने आयोजकको उदेश्य र परम्परालाई जीवन्तता राखि दोलखाको तसिचा स्थित ऐतिहासिक दबलीमा कथावाचन कार्यक्रम सम्पन्न भएको थियो ।

coloring-1745313306.jpg
कार्यक्रमको अन्त्यमा अतिथि एवं वडा अध्यक्ष श्री स्तालिन श्रेष्ठज्यूले यस किसिमको कार्यक्रम आफुले कहिल्यै नदेखेको र ऐतिहासिक दोलखा नगरीको सम्पदा र संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्नुभएकोमा निकै खुसी भएको भन्दै सम्पुर्ण आयोजक टिमलाई धन्यवाद ज्ञापन गनुभयो । साथै भविष्यमा पनि यस प्रकारको कुनै पनि कार्यक्रमको लागि आफु र आफ्नो वडाबाट निरन्तर साथ, सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुु भयो । त्यसै गरि स्थानीय बासिन्दा एवं पत्रकार श्री बालकृष्ण श्रेष्ठज्यूले बुकदेउको जात्रा र यस बाखं न्यने वा कार्यक्रमकोबारे आफ्नो केहि शब्दहरु राख्नु भएको थियो ।

यसै गरि दोस्रो दिन २०८२ बैशाख ४ गते सोहि तसिचा टोलको डबलीमा बालबालिकाहरुलाई नेपालको सम्पदा चिनाउने उद्देश्यले बिभिन्न सम्पदाहरुको चित्रमा रंग भर्ने कार्यक्रम पनि बाखं न्यने वा संस्थाले आयोजना गरिएको थियो । 

दुबै कार्यक्रममा स्थानीय व्यक्तिहरुको उत्साहजनक सहभागीता सहित आफ्नै घरआंगनमा आफ्नै भाषाबाट ऐतिहासिक बुक देउको कथा सुन्न पाउंदा सहभागीहरु प्रस्फुलित मुद्रमा देखिन्थे । 

8E5A8434-1745313296.jpg

8E5A8472-1745313296.jpg

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update