
काठमाडौँ । समय र समाज यस्ता विलक्षण तत्व हुन्, जो हर क्षण केही न केही बदलावमा देखिन्छन् । समाजको चरित्र नै चलायमान छ, अनि सामाजिक प्राणिको दिनाचार्य पनि त्यस्तै चलायमान । समयको गतिसँगै आफुलाई परिवर्तन गरिरनु समाजको विशेषता नै हो । नेपाली समाज पनि यस विशेषताभन्दा पर छैन । त्यसैले त पछिल्ला १५ वर्षको नेपाली समाजको परिदृष्य नियाल्दा थुप्रै बदलाव देखिन्छन् ।
समयको एकतमास गतिले समाजका हरेक पक्षको मापन गरिरहेको हुन्छ । समाजमा हरेक क्षण केहि न केहि बदलाव देखिन्छन् । मानवको चलायमान प्रवृति नै समाजको आधारभुत विशेषता पनि हो । यही समय र समाजको गति पछ्याउदै न्यूज २४ टेलिभिजनले १५ वर्ष पार गरिसकेको छ । १५ वर्षको यो अवधिमा समाजमा परिवर्तनको रफ्तार उच्च रह्यो ।
– न्यूज २४ को सुरुवाती कालको समाजलाई हेर्नेहो भने आजभन्दा १५ वर्ष पहिले नेपाली समाजको ढाँचा, आचरण, दैनिकी र जीवनबारेको धारणा नै फरक देखिन्थ्यो ।
– समाजिक उतारचढापमा राजनीतिक, आर्थिक धेरै पक्ष फेरबदल भए ।
– ठुला–ठुला क्रान्तिपश्चात लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भयो । यो क्रान्तिका बीचमा समाजमा परिवर्तनका परिदृष्य पनि उसैगरि तीव्र गतिमा देखिए ।
प्रविधि केन्द्रित समाज
– विशेषगरि, प्रविधिका क्षेत्रमा विश्वमा भएको क्रान्तिले नेपाली समाजलाई पनि सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्यो ।
– अझ नेपाली समाजमा सामाजिक सञ्जाल केन्द्रित जीवन त यति व्यापक बन्यो कि करोडौं नेपालीले सामाजिक सञ्जालमा समय वेतित गरिरहेका छन् ।
– रोजगारी पनि शारिरीक श्रममा भन्दा मानसिक श्रममा केन्द्रित बन्यो ।
– अनलाइन अर्थात इमेल इन्टरनेटको अधिनमा रहि व्यवसायिक काम बढ्दो गतिमा छन् ।
– शहर केन्द्रित प्रविधि अर्थात मोबाइल, फोन, इन्टरनेट अहिले दूरदराजसम्म सहजै पुगेका छन् ।
– विद्युत प्रशारण नेपालमा लगभग सबै क्षेत्रमा पुगिसकेकाले प्रविधिको गति तीव्र छ ।
नेपाली समाजमा चल्तीका सामाजिक सञ्जाल
– नेपालमा करिब साढे १ करोड मानिसले फेसबुक चाउने गरेका छन् ।
– फेसबुक, ह्वाट्सएप, वीच्याट, स्नापच्याट, टेलिग्राम, इन्स्ट्राग्राम, युट्युब, एक्स अर्थात (ट्विटर), टिकटक नेपालमा चर्चामा छन् ।
– भाइबर, टिकटक, र सारांश मिडिया ल्याब प्रालि (विटक) आदिको प्रयोगपनि व्यापक छ ।
– नेटफ्लिक्स, लिंकेडइन, थ्रेड्स, डिस्कोर्ड, र रेडडिट जस्ता लोकप्रिय प्लेटफर्महरुमा पनि नेपाली समाज रमाई रहेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ता नेपालमा कति ?
– सामाजिक सञ्जाल, इन्टरनेट प्रयोग, मोबाइल कनेक्टिभिटी तथा डिजिटल ट्रेन्डका बारेमा अध्ययन गर्ने डाटा रिपोर्टलका अनुसार,
– नेपालमा सन् २०२५ सम्म १ करोड ४३ लाख भन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ता छन् ।
– जुन नेपालको जनसङ्ख्याको ४८.१ प्रतिशत हो ।
– फेसबुक प्रयोगकर्ता १ करोड ४३ लाख
– म्यासेन्जरका लागि बनाएका अकाउन्ट १ करोड ४८ लाख
– इन्स्टाग्राम चलाउनेको सङ्ख्या ४२ लाख
– ह्वाट्एसप प्रयोगकर्ताको सङ्ख्या पनि ५० लाख हारहारीमा
– यी सबै कम्पनी मार्क जुकरबर्गको मेटा कम्पनीले सञ्चालन गर्दै आएको छ ।
– एक्स अर्थात ट्विटर चलाउनेको सङ्ख्या पनि ४३ लाखकै हाराहारीमा छ
सामाजिक सञ्जालले निम्त्याएका समस्याहरू
– सामाजिक सञ्जालको प्रयोगबाटै विकृति, ठगी, अपराधिक घटनाहरु भने तीव्र गतिमा बढी रहेका छन् ।
– भिडियोबाट भाइरल हुने मोह असामाजिक प्रवृति बढ्दो
– सतही मूल्याङ्कन र अनावश्यक टीकाटिप्पणी गर्ने प्रवृति बढ्दो
– कुनै पनि विषयमा गहिरो अध्ययन वा अनुसन्धान गर्नुभन्दा सतही रूपमा मात्रै मूल्याङ्कन गर्ने प्रवृत्ति समेत बढ्दो
– ट्रेन्डिङ भिडियो आयो कि त्यसको सामाजिक कोणबाट मापन नै नगरि सतही रमाउने किसिमले ग्रहण गर्ने प्रवृति बढ्दो
– संवेदनशिल घटना दुर्घटनामा पनि संवेदशिल नहुने, सामाजिक सञ्जालबाट आफुलाई चिनाउने प्रयास गर्दैगर्दा घटनाका अन्य संवेदशिल पक्षमा विचार नगर्ने प्रवृति
– अतिवादी बन्नेहरुले सामाजिक सञ्जालको गलत प्रयोग गरि समाजमा घृणा, वैरभाव तथा द्वन्द्व बढाउने प्रवृति बढ्दो
– समाजिक पक्षमा महत्वपूर्ण कुरा नैतिकता नै हराउदै गएको अवस्था, जसको कारक सामाजिक सञ्जाल
– समाजलाई सामाजिक सञ्जालले गति मोबाइलमा एकत्रित गरेको छ, सोही गतिमा व्यक्तिलाई असामाजिक बनाउने क्रम बढ्दो
१५ वर्ष पहिलेको समयको समाजमा सामाजिक अन्तरघुलन बढी नै थियो । त्यो अहिले निकै कम छ । समाजमा न्याय सम्पादन पनि सामाजिक संघसंस्थाबाटै धेरै हुने गर्दथ्यो । अहिले फरक अवस्था छ । शैक्षिक क्षेत्रमा शिक्षिक अवस्थाको दर हेर्दा अहिले धेरै सुधार भएको छ । यद्यपि, अपराधका ग्राफ अहिलेको समाजमा छरपष्ट देखिन थालेका छन् ।
प्रविधिको अधिनमा फस्दै गएको सामाजिक परिवेशले पनि हुनसक्छ अपराधका घटना पछिल्लो दशकमा बढी देखिन्छ । अपराधका प्रकार पनि फेरिएका छन् । अहिले साइबर अपराध बढेको छ । अनलाइनमा आधारित रहि चोरीचकारीदेखि चरित्रहत्या गर्नेसम्मका काम हुने गरेका छन् । प्रविधिको प्रयोग बढेसँगै नेपाली समाजमा सुखद् र नकारात्मक दुवै पक्ष बढेको देखिन्छ ।