महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मुख्य प्रशिक्षकका लागि ‘प्रो लाइसेन्स’ अनिवार्य गरेको छ । यस्तै मुख्य प्रशिक्षक बन्न सिनियर महिला वा उमेर समूहमा व्यावसायिक फुटबलमा दुई वर्ष प्रशिक्षण गरेको अनुभव हुनुपर्ने समेत बताइएको छ ।
अहिले राजेन्द्र तामाङले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण सम्हाल्दै आएका छन् । यसैगरि, एन्फाले पर्फमेन्स एनलिस्टका लागि पनि आवेदन माग गरेको छ ।
यस पदमा आवेदन दिनका लागि प्रख्यात संस्थाबाट लेभल–वान फुटबलमा फिटनेस कोर्स र डेटा एनालिस्टको प्रमाणपत्र लिएर एक वर्ष काम गरेको हुनुपर्नेछ । दुई वटै पदमा आउँदो मे २० सम्म आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२ १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय