News 24 Television
शिक्षक आन्दोलनको दबाबका बीच शिक्षामन्त्रीले दिइन् राजीनामा

काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएकी हुन् । 

२० दिनदेखि शिक्षकहरू आन्दोलनमा हुँदा शिक्षामन्त्री उनीहरूका माग सम्बोधन गराउनुपर्ने दबाबमा थिइन् ।  शिक्षक महासंघसँग र मन्त्रालयबीच पटकपटक भएका संवादमार्फत पनि सार्थक निचोड निस्कन नसकेपछि शिक्षामन्त्रीले राजीनामा दिएको बुझिन्छ ।

शिक्षकका माग सम्बोधन गराउनेबारे शिक्षा मन्त्रालयले सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी समेत गरेको थियो । यद्यपि प्रधानमन्त्री र शिक्षामन्त्रीबीच शिक्षकका माग सम्बोधन गराउने विषयमा समेत कुरा नमिलेकोले मन्त्रिपरिषद बैठकअघि नै उनले राजीनामा दिएको बताइन्छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update