News 24 Television
पाटन संयुक्त क्याम्पस : स्ववियुको आय–व्यय विवरण माग गर्दै हस्ताक्षर र तालाबन्दी

काठमाडौँ । पाटन संयुक्त क्याम्पस स्ववियुमा अनियमितता भएको हुनसक्ने आशंकमा सम्पूर्ण आय व्ययसम्बन्धी विवरण माग गरिएको छ । वि.सं. २०७९ मा सम्पन्न भएको स्ववियु निर्वाचनपश्चात निर्वाचित उक्त क्याम्पस अन्तर्गतको स्ववियुसँग वैज्ञानिक समाजवादी विध्यार्थी संगठन नेपाल, पाटन संयुक्त क्याम्पस समिति र विद्यार्थीहरुले चैत्र २८ गते देखि सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि प्राप्त गर्न माग गरेका हुन् ।

तर विवरण उपलब्ध नगराइएपछि संगठनले क्याम्पसकाे स्ववियु कार्यालयमा तालाबन्दी समेत गरेकाे छ । उक्त मागलाई पाटन संयुक्त क्याम्पसले पनि गम्भीरताका साथ नलिई बेवास्ता गरेको वैज्ञानिक समाजवादी संगठन नेपालले आरोप लगाएको छ । स्वतन्त्र विद्यार्थी युनियन, पाटन संयुक्त क्याम्पसलाई, वैज्ञानिक समाजवादी विध्यार्थी संगठनले सुचना तथा विवरणको प्रमाणित प्रतिलिपि पाँउ भन्दै  एक निवेदन मार्फत माग गरेको हो ।

b58e9c7f-47d5-4441-9951-3348f26c94c6-1745146307.jpg
 

संगठनले नेपालको संविधान धारा २७ मा उल्लेखित सूचनाको हक तथा साे सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार उक्त सुचना तथा विवरणको प्रमाणित प्रतिलिपि प्राप्त गर्न सकिने कुरा जनाएको छ ।

त्यस्तै २०७९ वर्षको सम्पन्न स्ववियु निर्वाचनले पाटन संयुक्त क्याम्पस अन्तर्गत उपलब्ध बजेटबारे पनि खुलाउनुपर्ने माग राखेको छ । निर्वाचित स्वतन्त्र विध्यार्थी युनियनले दुई वर्षको कार्यकालमा के कति आम्दानी गर्यो, त्यसको पनि खण्डीकृत विवरण सप्रमाण रुपमा देखाउनु पर्ने जिकिर गरेको छ ।

bg-1745146114.jpg
 

 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update