News 24 Television
बारको पदभारमै मच्चियो लफडा ! न्यायाधीश सिधैं तानिए !

काठमाडौं । नेपाल बारको निर्वाचनपश्चात पद हस्तान्तरण समारोहमा अनेक आरोपका श्रृङ्खाला चलेका छन् । बार निर्वाचनको नेतृत्व चयनका लागि सर्वोच्चका न्यायाधीश नै सक्रिय बनेको गम्भिर आरोप लागेको छ भने पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडामाथि मानहानीको मुद्दा लाग्ने भन्न थालिएको छ । 

नेपाल बार एशोसियसनका नवनिर्वाचित अध्यक्ष प्रा.डा. विजय मिश्रले पदभाग ग्रहण गरेका छन् । पदभार ग्रहण समारोहमा वकिलहरुको केहि भनाभन जस्तो समेत चल्यो । बार नेतृत्वका लागि सर्वोच्चका न्यायाधीशले हस्तक्षेपकारी भूमिका खेलेको आरोप गम्भिर रुपमा उठ्यो, भने बार नेतृत्व सरकारको कठपुतली बन्ने आशंका समेत व्यक्त गरिए ।

श्रेष्ठले यस्तो आरोप लगाएपछि बारका नवनिर्वाचित अध्यक्ष विजय मिश्रले यसको प्रतिवाद गरे । त्योभए सबै वकिलहरुले राजनीतिक दलको सदस्यता त्यागौं, दलको सदस्यता त्याग्नै पर्ने प्रस्ताव ल्याउनछौं स्वीकार गर्नुहुन्छ भन्दै श्रेष्ठलाई मिश्रले चुनौति दिए । 

संस्थाविपरितका कुनै पनि काम सह्य नहुने दाबी गरेका उनले बार विशुद्ध वलिकहरुको संस्था बनाउने प्रतिवद्धता व्यक्त गरे । यस्तै, पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्चमा मानहानीको मुद्दा खेपिरहेको भन्दै मिश्रले सर्वोच्चका पूर्वन्यायाधीस ईश्वर खतिवडालाई समेत मानहानीको मुद्दा लाग्ने तर्क गरे । 

बार निर्वाचनमा न्यायाधीशले हस्तक्षेप गरेको र राजनीति गरेको गम्भीर आरोप लागिरहेका बेला न्यायपालिकामाथिका प्रश्नहरु थप पेचिला बन्न थालेका छन् । न्यायपालिकामाथि जनताको विश्वास जागृत हुन नसकिरहेको बेला यस्ता विषय सार्वजनिक हुनुले न्यायपालिकाको गरिमामाथि शंका र प्रश्न भने उब्जाउने गर्छ ।

उसोतः केहि न्यायाधीशहरुले बारको निर्वाचनमा मत माग्नेदेखि उम्मेदवार बनाउने विषयमा समेत चलखेल गरेको हल्ला चल्ने गरेको छ । यस्तै, टीआरसीसम्बन्धिका आयोगमा नियुक्ति दिलाउने गरि प्रतिबद्धता समेत गरेको बताइन्छ । यता, बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेलाई वेपत्ता आयोगको अध्यक्ष बनाउनेदेखि अनेक प्रलोभन बाँडिएको हल्ला समेत व्याप्त देखिन्छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update