
काठमाडौं । देशभर २५ हजार भन्दा वढी औषधि पसलहरुको नियमित अनुगमन तथा नियमन नहुँदा केही औषधि पसलहरुले नाजायज मूल्य लिने गरेको खुलासा भएको छ । औषधिको गुणस्तर तथा मूल्यको विषयमा सरकारले प्रभावकारी रुपमा अनुगमन गर्न सकेको छै्रन । सरकारले औषधि पसलको मापदण्ड लागू गर्न नसक्दा टोलै पिच्छे मापदण्ड बिपरित औषधि पसलहरु खुल्ने क्रम बढेको छ ।
औषधि व्यवसायी सम्बन्धी नीति निर्माता तथा व्यवसायीहरुले औषधि ब्यवसायलाई मर्यादित बनाउन आग्रह गरेका छन् । औषधि व्यवस्था विभागका अनुसार व्यवसायीहरुले कतिपय औषधीको विक्रीमा १ सय ५० प्रतिशत सम्म मुनाफा राखेको भेटिएको छ । बजारमा नक्कली औषधि, म्याद गुज्रेको र अत्यावश्यक औषधिमा उपभोक्ता ठगिएको हुदाँ बिभागले अनुगमन बढाएको छ ।
औषधि ब्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि बजारमा नागरिकको छनौटको अवस्था नरहेको र मूल्यमा एकरुपता नभएको हुदाँ आम जनता महँगीको मारमा परेको बताए । बिपन्न जनता महँगो औषधि खरीद गर्न बाध्य भएको र मूल्यको कारण जनता मारमा परेको महानिर्देशक ढकालको भनाई छ ।
जनताका स्वास्थ्य र जीउधनसँग सम्वन्धित औषधिजन्य ब्यवसाय मर्यादित र जिम्मेवार बनाउन कानूनी तथा नीतिगत ब्यवस्थाको लागि जनप्रतिनिधिहरु जिम्मेवार रहेको बताउँदै बागमति प्रदेश साँसद रामकृष्ण चित्रकारले ब्यवसायीहरुलाई पेशागत नतिकतामा रहन आग्रह गरे ।
सरकारले औषधि पसलको दर्ता र सचालनको मापदण्डलाई कडाईको साथ कार्यान्वयन नगरेको औषधि पसल ब्यवस्थित र मर्यादित हुन नसकेको ब्यवसायीहरुको तर्क छ । राज्यले औषधि पसलहरुको अनुगमन तथा नियमन नगरको कारण औषधिको मूल्य र गुणस्तरमा समस्या बढेको उनीहरुको भनाई छ ।
औषधि ब्यवसायीहरु जिम्मेवार भएर नागरिकको स्वास्थ्यप्रति सचेत हुनुपर्ने दायित्व रहन्छ । मापदण्ड र आवश्यक प्रकृया पुरा नगरी खुलेका र्आैषधी पसलहरुले नाजयज मूल्य असूली गरेको अवस्थाप्रति सरकारले प्रभावकारी अनुमगन र कानुनी कारवाही गर्न सकेको छैन । जसले गर्दा नेपालमा औषधि बजारमा उपभोक्ताहरु गुणस्तर र मूल्यमा ठगिन बाध्य छन् ।