News 24 Television
भारतसँग फेरबदल घातक बन्न सक्ने ! जग हल्लाउने चर्चा 

काठमाडौं । विश्व नै अर्थतन्त्रमा देखिएको उतारचढावले आक्रान्त छ । यस्तो बेलामा अमेरिकाले निरन्तर रुपमा गर्दै आएको राजश्वमाथिको फेरबद र राजनीतिक शक्ति आर्जन अभ्यासले विश्वका प्राय सबै मुलुक प्रभावित भइरहेका छन् । कसको पैसा कति बलियो ? कति शक्तिशाली ? यो पक्ष पनि बलियो रुपमा सतहमा आइरहेको अहिलेको अवस्थामा नेपाल–भारतबीचको विनिमय सम्बन्धका विभिन्न आयामबारे पनि बहसहरु छेडिएका छन् । 

अर्थतन्त्रमा आफुलाई अब्बल बनाउने प्रयास हरेक मुलुकको मुल उद्देश्यमध्येको एक हुने गरेको छ, हुनुपनि पर्छ । तर, अहिले विश्वशक्ति राष्ट्रहरु व्यापार युद्धको चरणमा खुलेर निसानाबाजी गरिरहेका छन् ।

अमेरिकाले त निरन्तर रुपमा राजश्वलगाएतका पक्षमा फेरबदल गर्ने कार्यलाई तीव्र बनाइरहेको छ । विश्वमा को सँग कति सम्पत्ति ? कसको व्यापार कति धुरन्धर ? को शक्तिमान ? कसको पैसाले सर्वशक्तिको स्थान ओगट्न सक्छ ? यि र यस्तै चालबाजी चलिरहेका छन्, विश्वशक्ति राष्ट्रहरु बीच । 

यसबीचमा नेपाल–भारतबीचको विनिमय सम्बन्धनको बहस पछिल्ला दिनमा बढ्दो क्रममा छ । नेपाल–भारत सम्बन्ध अन्य देशहरुको तुलनामा केही विशिष्ट प्रकृतिको छ । राजनीतिक, सांस्कृति, आर्थिक यि सबै पक्षमा नेपालको भारतसँगको सम्बन्ध अन्य देशको भन्दा केही फरक र विशिष्ट छ । तर, अहिले भारतीय पैसाको नेपाली विनिमय दरका बारेमा खुलेर बहस हुन थालेपछि के नीतिगत फेरबद आवश्यक नै हो त भन्ने प्रश्न जन्माएको हो । 

नेपाल–भारतको विनिमय अवस्थाको विगत कस्तो ?

-    २०१७ साल भन्दा पहिले नेपालको विनिमयदर नेपालका सराफी, मनिचेञ्जरहरुले निर्धारण गर्दथे । 

-    बजारमा आधारित विनिमय दर नेपालले अवलम्वन गरेको थियो । 

-   सरकारको कुनै हस्तक्षेप थिएन । असन, भोटाहिटी बजारले भारतीय मुद्रासँगको नेपाली मुद्राको मूल्य तय गर्दथ्यो । 

-   तर, त्यो विनिमयदर यति अस्थिर भयो की आम नागरिकले धेरै दुःख पाउने स्थिति बन्यो । 

-    विहानै सराफीलाई भनेको विनिमयदर दिउँसो नै बदली गरिसकेको हुन्थ्यो ।
 
-   यस किसिमको धेरै अस्थिर हुँदा आम नागरिकले धेरै दुःख पाउन थाले । 

-    असुविधा सिर्जना हुँदै ग¥यो र नेपालमा भारतीय मुद्राको चलन चल्ति बढाउनमा यसले मद्दत पु¥यायो । 

-   त्यही पृष्ठभूमिमा नेपाल सरकार र राष्ट्र बैंक मिलेर भारुको चलन चल्ति विस्थापित गर्ने र नेपाली मुद्रालाई नेपालभर चलन चल्तिमा ल्याउनका लागि स्थीर विनिमयदरको महत्वपूर्ण भुमिका खेल्नसक्छ, नेपाली मुद्रामा आम नागरिकको विश्वास जाग्छ भन्ने उद्देश्यले २०१७ वैशाखदेखि औपचारिक तवरले स्थीर विनिमयदर लागू ग¥यो । 

भारतीय पैसा नेपालमा अहिले कस्तो अवस्थामा ?

-    नेपालले २०१७ सालदेखि भारतीय रुपैयाँसँग एक प्रकारले स्थिर खालको विनिमय दर अवलम्वन गरिरहेको 

-    विभिन्न समयमा भारतीय रुपैयाँसँगको रहेको पेग तहलाई अधिमूल्यन र अवमूल्यन गरे पनि विशेषगरि २०४९ सालदेखि चालु खाता परावत्र्यसँगै भारतीय रुपैयाँसँग एक सय भारतीय रुपैयाँ बराबर १६० नेपाली रुपैयाँको विनिमय दरलाई यथावत कायम गरिएको 

-    २०१७ सालमा शुरुमा भारतीय रुपैयाँसँग स्थिर विनिमय दर तय गर्दा पनि यही तहमा विनिमय दर तोकिएको 

-    ६५ वर्षदेखि लागू भएको स्थिर विनिमयदर प्रणाली बीचमा रेटमा केही तलमाथि भएपनि २०१७ जति थियो अहिले पनि त्यही रेट लागू छ ।

-   तर, अब भारुको मूल्य निर्धारण बजारबाटै हुनुपर्ने आवाज पछिल्लो समय उठ्न थालेको छ ।

विज्ञहरु भन्छन्, अहिले फेरबदल नगर्दा राम्रो 

अहिले तत्काल भारतीय रुपैयाँसँगको स्थिर विनिमय दर हटाउँदा नेपालले उल्टै नोक्शानी व्यहोर्नुपर्ने जोखिम देखिएको छ । मुलुकको अर्थतन्त्र कमजोर रहेको बेला बिना तयारी विनिमय दर प्रणाली बजार छाड्दा त्यसले मुलुकलाई ठूलो संकटमा धकेल्ने जोखिम रहेको विज्ञहरुले बताएका छन् ।

बजारले निर्धारण गर्नसक्ने विनिमयदर र त्यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्न अझै नेपाल तयार भएको छैन । विनिमयदर परिवर्तनपछि त्यसले पार्ने प्रभावहरुको गहिरोसँग अध्ययन हुन नसकेको, मुलुकको अर्थतन्त्र कमजोर रहेका कारण अहिल्यै मुल्य निर्धारण बजारबाट गर्न नहुने विज्ञहरुको बुझाइ छ । यद्दपी, विनिमय दरलाई बजारमा छोड्ने कुरा भने अर्थतन्त्र क्षेत्रको आदर्शवादी पक्ष नै हो । कुनै न कुनै बेला बजारमा छाड्नु नै आवश्यक हुन्छ । तर, नेपालको अवस्था अहिले यति बलियो भइसकेको छैन । 

बजारमा आधारित विनिमय दर बनाउने आधार तयारका लागि के आवश्यक छ ?

-    विनिमय दर बजारलाई तोक्न दिन नेपालको निर्यात कुल व्यापारमा कम्तिमा ५० प्रतिशतमा पु¥याउनु आवश्यक

-    वैदेशिक व्यापार घटेर आउनुपर्छ । 

-    आर्थिक वृद्धिदरले मुद्रास्फीतिलाई उछिन्नुपर्छ । 

-    आर्थिक वृद्धिदरमा स्थायित्व हुनुपर्छ । 

-    वैदेशिक मुद्राको सञ्चिति बढाउँदै दीगो बनाउनु पर्छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update