News 24 Television
रास्वपाको राष्ट्रिय अधिवेशन आगामी फागुनमा गर्ने निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी फागुनमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले वडा तहदेखि केन्द्रसम्म महाधिवेशनको नयाँ मिति तोकेको हो ।

जसअनुसार २०८२  असोजसम्म वडा अधिवेशन गर्ने र कार्तिक सम्ममा पालिका अधिवेशन तथा मङ्सिरमा जिल्ला अधिवेशन गर्नेगरी नयाँ कार्यतालिका बनाइएको छ । यसैगरी माघको मध्यसम्म सबै प्रदेशमा अधिवेशन सम्पन्न गरेर फागुनको पहिलो साता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिएको छ ।

राष्ट्रिय महाधिवेशन काठमाडौँमा नभएर चितवनमा गर्ने निर्णय भएको बताइएको छ । रास्वपाले करिब ७ सय वडामा अहिले नै महाधिवेशन गरिसकेको  रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार वडास्तरमा अहिलेसम्म १९ सयभन्दा बढी वडा समिति गठन गरिएको छ ।  

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update