एआईजीमा बढुवाका लागि ६ जना डीआईजीको नाम सिफारिस (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ६ जना डीआईजीलाई एआईजी (अतिरिक्त महानिरिक्षक)मा बढुवा गर्न सिफारिस गरिएको छ । बिहिबार बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको गृहमन्त्रालयले जनाएको छ ।
सिफारिस सूचीमा चन्द्र कुवेर खापुङ, लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीको नाम रहेको छ ।
बढुवा समितिका सदस्य सचिव समेत रहेका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले रिक्त ६ पदका लागि उल्लिखित नामहरु सिफारिस भएको जानकारी दिए । सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याच (२०५२, कार्तिक २७)का हुन् भने अरु २०५४ चैत १८ को ब्याचका हुन् ।
हेर्नुस् सूची
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२ १८:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय