News 24 Television
द्वन्द्वकालका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वका समयमा भएका जघन्य अपराधका घटनालाई माफी दिन नसकिने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले द्वन्द्वको समय भएका अमानवीय तथा चरम आतना जस्ता जघन्य अपराधका घटनामा संलग्नमाथि छुट दिन नमिल्ने बताए ।

माफी दिन सकिने घटनाहरुलाई मेलमिलापको बाटोबाट अन्त्य गरिने बताउँदै ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्व पीडितलाई न्याय दिलाउन सरकारले काम गरिरहेको दाबी गरे । उनले अहिले द्वन्द्वको अन्त्य र पीडितलाई न्याय दिने समय भएकाले कसैले पनि अन्यायमा पर्न नपर्ने बताए । पीडितलाई परिपूरणको माध्यमबाट सरकारले न्याय दिने उनको भनाइ छ । 

प्रधानमन्त्री ओलीले भने, ‘द्वन्द्व पीडित दाजुभाई दिदीबहिनीहरुलाई म भन्न चाहन्छु । शान्ति प्रक्रियालाई अन्तिम रुप दिँदा वा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्दा आयोगले काम गरेर निष्कर्ष निकालेर यसलाई अन्तिम नियकर्षमा पुर्याउँदा पीडितहरुलाई न्याय दिएर यो ट्रान्जिसनल जस्टिकको समय भनिन्छ यसलाई  यो संक्रमणकालीन न्यायको समय भनिन्छ । संक्रमणकालीन या द्वन्द्वको अन्त्य गर्ने समयको कुनै पीडा दिने समय होइन, यो न्याय दिने कुरा हो । संक्रमणकालीन न्यायको कुरा हो, त्यसकारण  तपाईंहरुलाई न्याय दिनका लागि आयोगहरु बन्ने र तपाईहरुलाई न्याय दिइन्छ म तपाईहरुलाई र देशभर रहेका द्वन्द्व पीडितहरुलाई भन्न चाहन्छु । द्वन्द्व पीडितलाई न्याय दिने  यो नै उद्देश्य हो । अहिलेका आयोगहरुको न्याय दिने नै काम हुने गरेका छन् । र न्याय दिइन्छ ।  द्वन्द्वकै समबन्धमा केही दिनअघि मैले भनेको थिएँ एभरेष्ट होटलमा आयोजित कार्यक्रममा कि  अमानवीय, चरम अपराधहरु त्यस्ता अपराधहरु जघन्य अपराधहरु त्यस्ता कुरालाई छुट हुँदैन । त्यस्तालाई माफी दिन सकिँदैन । त्यस्तो कुराहरुको सन्दर्भमा कारबाहीको विषय बन्छ । र अरु कुराहरु जुन माफी दिन  सकिने खालका छन् त्यसमा माफी दिने मेलमिलाप दिने बाटो हुन सक्दछ । र पीडितहरुलाई परिपुरण जस्ता कुराहरुबाट सम्बोधन हुने कुराहरु पनि हुनेछन् ।’

प्रधानमन्त्री ओलीले द्वन्द्व पीडितहरुको न्यायका लागि वर्तमान सरकार र सरकारमा रहेका नेपाली काँग्रेस र नेकपा एमाले लागिपरेको बताए । द्वन्द्व पीडितको न्यायका लागि सबै दलहरुको साथ रहेको उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update