News 24 Television
सहारा नै भयंकर संकटमा ! सरकार मूकदर्शक

कास्की । नेपालमा राम्रो सम्भावना बोकेको खेल हो, फुटबल । तर, यस खेलमा पर्याप्त लगानी र योजना एवम् चासोको खाँचो सधैं खड्किने गरेको छ । 

केन्द्रीय सरकारले फुटबलतर्फ कुनै ध्यान नदिएपनि पोखराको सहारा एकेडेमी भने नयाँ खेलाडी जन्माउनेदेखि अभिभावकविहीनलाई आश्रय दिने, उनीहरुको आर्थिक व्यवस्थापन पाटो सम्हाल्ने लगाएतका कार्यमा डटेर लागेको छ । 

नेपाललाई विश्वसामु बलियो र खेलबाटै आर्थिक सम्पन्न बनाउने सम्भावना बोकेको खेल हो, फुटबल । तर, फुटबल क्षेत्रको विकास एवम् व्यवस्थापनमा केन्द्र सरकारको ध्यान कहिलेई पुगेन । सरकारले न त खेलाडीको जीवन व्यवस्थापनको दायित्व पूर्णरुपमा बहन ग¥यो न त, नयाँ खेलाडी जन्माउने र खेल विस्तार गर्ने कुरामा ध्यान दियो ।

देशकालागि सरकारले निम्त्याएको यो दुर्भाग्यलाई निजी र स्थानीय स्तरबाट केही सुधारका प्रयास थालिएका छन् । खास गरि पोखराको सहारा एकेडेमीले फुटबल क्षेत्रमा महत्वपर्ण प्रयास थालेको छ । नयाँ खेलाडी जन्माउने मात्रै होइन उनीहरुको जीवन व्यवस्थापनसमेतलाई दीर्घकालीन योजनाको एक अंश बनाएर काम गरिरहेको छ सहारा एकेडेमीले । सहारा क्लबले फुटबल एकेडेमी शुरु गरेको दुई दशक पार गरिसकेको छ । 

दुईदशक अवधिमा क्लबले चौथो व्याचका विद्यार्थी भर्ना गरेको छ । हाल १६ जिल्लाका ३० जना बालक यस क्लबमा आश्रीत रहेका छन् । आश्रित किन भनिएको हो भने, यि बालकको सबै दायित्व यसै क्लबले लिएको छ । नयाँ खेलाडी जन्माउनेदेखि उनीहरुको जीवनमा अभिभावकको भूमिका सबै यसै क्लबको छ । 

सरकारले नहेर्दा व्यवस्थापन नै गाह्रो 

-    सहारा एकेडेमी सञ्चालनका लागि आवश्यक खर्च वार्षिक करिब ७० लाख रुपैयाँ खर्च 

-    तर, दिगो आम्दानीको स्रोत नहुँदा एकेडेमी सञ्चालनमा समस्या 

-    २०८८ सालदेखि सहारा क्लबले पोखरा–१७ दोबिल्लामा फुटबल एकेडेमी सञ्चालन गदर्
 
-   क्लबद्धारा अनाथ तथा विपन्न परिवारका बालकहरूलाई आवासीय सुविधासहित एकेडेमी सञ्चालन 

-    हाल एकेडेमीमा १६ जिल्लाका ३० जना बालक आश्रित 

खाना, बस्न, विद्यालय र फुटबल प्रशिक्षणको सबै ब्यवस्थापन क्लवले गर्दै आएको छ ।

क्लबले पोखरा–१७ दोविल्लास्थित आफनै स्वमित्वको जग्गामा आवासिय सुविधासहितको एकेडेमी सञ्चालन गर्दै आएको छ । क्लबले आवासिय सुविधासहित प्रशिक्षार्थी बालकलाई आफनै फुटबल मैदानमा फुटबल प्रशिक्षण दिदैं आएको छ ।

आहारारा फुटबल प्रतियोगिताबाट खर्च कटाएर बचेको रकमले नै एकेडेमी संचालनको मुख्य स्रोत हो । २०८० मा सम्पन्न २३ औँ संस्करणको प्रतियोगिता १६ लाख घाटामा गए पछि क्वललाई आर्थिक दवाव परेको थियो । 

एकेडेमी संचालनका लागि बढिमा ७० लाखसम्म बार्षिक खर्च छ । 

पोखराको उद्योगी घराना केसी ग्रुपले सहारा एकेडेमीलाई वार्षिक १५ लाख दिदै आएको छ । स्वर्गीय पूर्व सांसद एवं उद्योगी सूर्यबहादुर केसीको नाममा उनको परिवारले उक्त रकम दिने संझौता पछि एकेडेमीको नाम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी राखिएको छ । 

त्यो वाहेक तिहारमा देउसी– भैलो र  सामाजिक संघसंस्थाको सहयोगमा २ करोडको अक्षयकोष पनि स्थापना गरिएको छ । 

५ जना कर्मचारीको साथमा ३० जना बालकको खाना, आवास, शिक्षा, स्वास्थ्य लगायतका सुविधामा अक्षयकोषमा रहेको रकमको व्याज र केसी ग्रुपले दिने १५ लाख वाहेक अन्य दिगो आयस्रोत छैन । अनथालाई अश्रय र देशको लागि खेल्ने खेलाडी उत्पादन गरिरहेको एकेडेमीलाई सरकारको सहयोग भने पाएको छैन । 

एकेडेमीबाट फुटबलको राष्ट्रिय टिमको नेतृत्व गर्ने अनिल गुरुङ जस्ता खेलाडी उत्पादन भइसकेका छन् । देशका लागि खेलाडी उत्पादन गर्ने एकेडेमी आर्थिक समस्यामा ग्रजिनु पर्ने अवस्था आउनु चिन्ताको विषय हो । यस तर्फ राज्यको ध्यान कहिले पुग्छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update