News 24 Television
१५ दिनदेखि शिक्षकहरु सडकमा, कक्षा १२ को परीक्षासमेत बहिष्कार गर्ने चेतावनी 

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ भने शिक्षकहरु बुधबार अझ सशक्त भएर सडक ओर्लिएका छन् ।

यदी सरकारले आफूहरुको माग सुनुवाई नगरे विद्यालय बन्द तथा कक्षा १२ को परीक्षासमेत बहिष्कारको घोषणा गरेका छन् । सोमबार बसेको महासंघको बैठकले ११ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेको हो। 

teacher-5-1744794546.jpg
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, “कक्षा १२ को परीक्षामा कोही पनि शिक्षक वा कर्मचारी नहुने निर्णय गरेका छौं।”

प्रदर्शनमा देशका ७७ जिल्लाबाट आएका शिक्षकहरुको सङ्ख्या बढी रहेको छ ।

यस्तैमा दोलखाबाट आएका शिक्षकहरु भन्छन् – ‘जबसम्म हाम्रो माग पूरा हुँदैन हामी फर्कन्नौँ, हाम्रा विध्यार्थी बिचलित भइसके ।  छिटो टुंगोमा पुग्न सरकारको ध्यानाकर्षण होस ।’

teachaer-1744794564.jpg
वैशाख नयाँ शैक्षिक वर्षको आरम्भ समय पनि हो । सरकार नयाँ शैक्षिक सत्रको सुरु भएसँगै विद्यालय भर्ना अभियानमा जुटिरहँदा शिक्षकहरू भने सडकमा छन्।  जसका कारण देशभरका विद्यालय बन्द हुने सम्भावना देखिएको छ । आफूहरुको मागप्रति सरकार अनुदार रहेको भन्दै आन्दोलनरत शिक्षकहरु आक्रोशित बन्दै आएका छन् । 

teacher-4-1744794588.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update