News 24 Television
दोलखामा स्ट्रीट फुड फेस्टिभल, स्थानीय व्यवसाय चलायमान बनाउने उद्देश्य

दोलखा । स्थानीय व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोलखामा 'स्ट्रीट फुड फेस्टिवल ८१' को चलिरहेकाे छ। नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा सुरु भएको यो फेस्टिवल चैत ३१ गतेदेखि वैशाख १ गतेसम्म, दुई दिनसम्म सञ्चालन हुनेछ।

दोलखा चेम्बर अफ कमर्सको आयोजनामा आयोजित उक्त फेस्टिवलको उद्घाटन संस्कृति तथा पर्यटन मन्त्री बद्री पाण्डेद्वारा गरियो । कार्यक्रमका क्रममा दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष रुद्र जङ्ग बुढाथोकीले फेस्टिवलले दोलखाको व्यापार व्यवसायलाई पुनः चलायमान बनाउने अपेक्षा गरिएको जानकारी दिए।

47edc9fb-7500-4b86-9b25-5f7e3e5b4ef1-1744627381.jpg
फेस्टिवलमा रैथाने बालीबाट तयार गरिएका विविध परिकारदेखि स्थानीय होटल व्यवसायीहरूको विशेष खानाका परिकार स्टलमा राखिएको देखिन्थ्यो। होटल व्यवसायी अजय प्रधानले भने, “रैथाने बालीलाई प्राथमिकता दिँदै आफ्ना परिकारहरू प्रस्तुत गर्न पाउँदा निकै खुसी लागेको छ। यसले व्यवसाय प्रवर्द्धनमा टेवा पुग्नेछ।”

8a3e4b5b-edc8-43d4-a4ff-b57db837fe5c-1744627404.jpg

साँस्कृतिक झलकस्वरूप लोपोन्मुख जाति सुनुवारको झाँकी तथा इन्द्रणी टिमको आकर्षक प्रस्तुति फुड फेस्टिवललाई झनै आकर्षक बनाएको थियो। यद्यपि, आकस्मिक वर्षाका कारण केही गतिविधि प्रभावित भएको आयोजकहरूले जनाएका छन्।

स्थानीय स्वाद र संस्कृतिको संगमका रूपमा रहेको यो दुई दिने फेस्टिवलले दोलखाको आर्थिक र सांस्कृतिक गतिविधिमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update