यू– १९ विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जित

काठमाडौँ । आईसीसी यू– १९ विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको फराकिलो जित हात पारेको हो ।
ओमानले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १४.३ ओभरमै २ मात्र गुमाएर लक्ष्य पूरा गर्यो । नेपालको तर्फबाट निरज यादवले सर्वाधिक ४६ रन बनाए भने साहिल पटेलले ४४ रन बनाए ।
सुरुमा स्पीनर युवराज खत्रीको आक्रामक बलिङकमा ५ विकेट लिँदै नेपालले ओमानलाई ११७ रनमै अलआउट गरेको थियो । खत्रीले ७ ओभरमा १५ रन खर्चेर ५ विकेट लिएका थिए ।
नेपालले यसअघि पहिलो खेलमा यूएईसँग पनि जित निकालेको थियो । तेस्रो खेल बुधबार हङकङसँग हुने छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२ १४:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय