News 24 Television
नयाँ वर्ष २०८२ : मन्दिरमा संकल्प र पूजा गर्नेको भीड

काठमाडौँ । आजबाट २०८२ साल शुरु भएको छ । नयाँ वर्षको अवसरमा देशभर मन्दिरमा पुगेर संकल्प तथा पूजाआजा गरी वर्ष दिनभर शुभ रहाेस् भनी कामना गर्नेहरूकाे भीड लागेकाे देखिन्छ ।

एक अर्कामा शुभकामना आदानप्रदान गरेर समेत नयाँ वर्ष मनाइन्छ । नयाँ वर्षको अवसरमा मन्दिहरुमा भक्तजनहरुको भीड रहेको छ । मन्दिरमा पुगेर पूजाआज गरी वर्ष दिनको शुभकामना माग्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

मिष्ठान्न खाने, घुमफिर तथा भेटघाट गर्ने क्रम पनि देखिन्छ । सुदूरपश्चिम प्रदेशमा भने नयाँ वर्षकाे अवसरमा बिसु पर्व मनाउने गरिन्छ । नयाँ वर्षको पहिलो दिन सोमवार मुलुकको राजधानी काठमाडौं लगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ ।

सोमवार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर गर्ने, रमाइलो गर्ने, मीठामीठा परिकार खाने, इष्टमित्र भेटेर रमाइरहेका छन् । काठमाडौंको रानी पोखरी, रत्न पार्क लगायतका ठाउँहरुमा आन्तरिक तथा बाह्य प्रर्यटकको चहलपहल बढेको छ ।

नेपाली पात्रोअनुसार हरेक वैशाख १ गते प्रारम्भ हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा लिइन्छ । वसन्त ऋतुको मौसम घुमफिरका लागि अनुकुल भएकाले आन्तरिक पर्यटनमा टेवा मिलेको छ । उता मिथिलाको प्राचीन राजधानी तथा मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाममा समेत दर्शनार्थीको भीड छ ।

mandir-1744614191.JPG
 

 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update