News 24 Television
'अमेरिका भन्सार शुल्क वृद्धिबाट आफैँ हार्दैछ'

एजेन्सी । अमेरिकी भन्सार शुल्क वृद्धिले आफैँलाई पराजित गरिरहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले बताएका छन् । जसले अमेरिकी कम्पनीहरू र उपभोक्ताहरूको लागि लागत बढाएको छ ।

यो अमेरिकी अर्थतन्त्रको लागि धेरै विनाशकारी हुने अर्थशास्त्री र मोजाम्बिकको सार्वजनिक अखण्डता केन्द्रका अनुसन्धानकर्ता गिफ्ट एसिनालोले बताए । अमेरिकी अर्थतन्त्र विदेशबाट आउने उत्पादनहरूमा पनि निर्भर गर्ने गरेको उनको भनाइ छ ।

स्पेनी व्यापार विज्ञ जोसेप मारिया गोम्स डोनाल्ड ट्रम्पको नीतिले आफैँलाई असर गरिरहेको बताउँछन् । बोस्निया र हर्जेगोभिनाका व्यवसायी मारियो क्युल दैनिक उत्पादनहरूको लागि तिर्ने मूल्यहरूमा अमेरिकी नागरिकले बढी मूल्य तिर्नुपर्ने चेतावनी दिन्छन् ।

यो एउटा नयाँ युग बन्दै गरेको उनीहरुको भनाइ छ । अमेरिकी राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प आएसँगै उनले विभिन्न देशसँग भन्सार शुल्क अस्वाभाविक बढाउँदै व्यापारयुद्ध चर्काएका छन् । यसले विश्वकै अर्थतन्त्र खलबलिने चिन्ता सर्वत्र भइरहेछ । 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update