News 24 Television
केपी ओली रिसले चुरचुर ! नेताहरु भन्दा बाँदर उत्तम !

काठमाडौं । प्रधानमन्त्री केपी ओली राजावादी गतिविधिविरुद्ध थप आक्रामक देखिन थालेका छन् । राजावादी शक्तिमाथि निर्मम प्रहार गरिरहेका ओलीले राजावादीहरुलाई प्रधानमन्त्री,मन्त्री बनाउनुभन्दा पशुपतिको बाँदर बनाउन पेश हुने टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी ओली राजावादी दल, पूर्वराजा र यससँग सम्बन्धित सबै विषयमा निर्मम सुनिने गर्छन् । पूर्वराजामाथि ओलीको आक्रोश सेलाएको छैन् । उनले सयौं वर्ष नेपाललाई लुटेर पुगेन भन्दै आक्रोश पोखिरहेका छन् । 

ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुशको राजा भन्ने गरेका छन् । वीरेन्द्रको वंश नाशपछि नेपालमा राजतन्त्र अन्त्य भइसकेको दाबी गर्ने ओलीले राजावादी शक्तिहरुसँगको सहकार्यलाई भने जोड दिने गरेका थिए । 

निर्वाचनमा राजावादी मतसमेत बटुल्ने ओली अहिले फेरिन थालेका हुन् त ? प्रश्न र चासो बढेको छ । ओलीले राजावादी दल र शक्तिमाथि समेत निर्मम टिप्पणी गरिरहेका छन् । 

राजावादीहरुलाई प्रधानमन्त्री मन्त्री बनाउनुभन्दा त पशुपतिनाथ मन्दिरमा रहेको बाँदरलाई मन्त्री बनाउनु बेश भन्दै ओलीले राजावादी शक्ति र दलमाथि तीखो टिप्पणी गरे ।

ओलीले यस्तो टिप्पणी गरेपनि उनको राजावादी दलसँगको हिमचिम भने अघिल्लो चुनावदेखि प्रचण्ड नेतृत्वको सरकार निर्माणसम्म निरन्तर देखिन्छ । 

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्ने बेला राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बालकोटमा निम्त्याएर सरकारमा नै सहभागी गराएका थिए । 

सरकार छोटो समय चलेपनि प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नै उपप्रधानसहित ऊर्जामन्त्रीको रुपमा सरकारमा गएका थिए । राप्रपा सरकारमा जाने देखिएपछि ठूलो विवाद नै चलेको थियो । त्यो बेला लिङ्देनले राप्रपाले सरकारमा नजाने कसम नखाएको भनेका थिए ।

त्यस समय ओलीकै इशारामा राप्रपा सरकारमा गएकोमा शंका छैन् । राप्रपा सरकारमा जाने वित्तिकै चौतर्फी हमला र निर्मल निवास नै रिसाएपछि चाडै सरकारबाट बाहिरिन सहज भयो राप्रपालाई । तर सरकार विदेशीको इशारामा चलेको आरोप लगाउदै सरकारबाट बाहिरिनु परेको राप्रपाले जिकिर ग¥यो ।

तत्काली समयमा सरकारमा जाने नजाने दुविधाकाबीच जोखिम मोलेका लिङ्देनले पदभार ग्रहण गरेपछि खुशी साट्दै योजना कार्यान्वयनको फेहरिस्त नै सुनाएका थिए भने बाहिर निस्किएर जनादेशअनुसार सरकार निर्माण भएको प्रतिक्रिया दिएका थिए ।

राप्रपाले यसरी जोखिम लिने प्रमुख कारण थिए, अहिलेका प्रधानमन्त्री केपी ओली । ओलीसँग लिङ्देनले चुनावी तालमेल गर्दै आएका छन् । यहि कारण ओलीको निम्तो लिङ्देनले सहजै स्वीकार्ने स्थिति राजनीतिक घटनाक्रमले देखाएका छन् ।

चुनावी तालमेल

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले तत्कालीन समयमा माओवादी एमालेको गठबन्धन हुँदा समेत आफ्नो निर्वाचन क्षेत्रमा राजेन्द्र लिङ्देनसँग तालमेल गरे । 

त्यसपछि दुबै जना निर्वाचित भएर संसद छिरे । ओली प्रधानमन्त्री पनि बने । क्रमैसंग गएको निर्वाचनमा पनि ओलीले उनै लिङ्देनसँग तालमेल गरिदिए । फेरि पनि दुबैले निर्वाचन जित । तर, लिङ्देनलाई मात्रै नभई ओलीले कमल थापालाई समेत समर्थन गरिदिए ।

यो क्षेत्रमा भने कमल थापाका शिष्य दीपकबहादुर सिंहले निर्वाचन जितिदिए । यसरी ओलीले राप्रपासँग गर्ने गरेको राजनीतिक सहकार्य, सरकारमा ल्याउन खेल्ने गरेको भूमिका लगायतका विषय छरपष्ट भएपनि पछिल्लो समय राजावादी शक्तिलाई बाँदरसँग तुलना गर्न थालेका छन् । 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update