News 24 Television
काठमाडौं उपत्यकामा हावाहुरीसँगै वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसँगै वर्षा भएको छ । विहानको मौसम सामान्य रहेपनि अहिले भने ठूलो हुरीबतासँगै वर्षा भइरहेको हो ।

केही दिन अघिदेखि काठमाडौंसहित देशभर वर्षा सुरु भएको छ । वर्षाका कारण उच्च रहेको वायु प्रदुषण कम हुने अपेक्षा गरिएको छ । प्रदुषण उच्च रुपमा बढ्दा काठमाडौं बारम्बार विश्वकै प्रदुषित सहरको पहिलो नम्बरमा पर्दै आएको थियो  ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update