
काठमाडौं । पेरुमा कम्युनिस्ट शासन स्थापना गर्ने भन्दै ‘जनयुद्ध’ नै गरेका गोन्जालोको कारागारमै निधन भएको थियो । अबिमेल गुजम्यानले पेरुमा थालेको युद्धले हजारौंको ज्यान मात्रै गएको थिएन्, यसले विश्व समुदायलाई नै आतंकित पारेको थियो । उनै गोन्जालोलाई स्मरण गर्दै राजावादी गतिविधिमा सक्रिय दुर्गा प्रसाईले आफूलाई किन त्यहि शैलीमा बाँध्न खोजे त ?
सन १९३४ डिसेम्बर ३ मा पेरुको अरेपिकमा जन्मिएका गोन्जालो अर्थात अबिमेन गुजम्यानले २०२१ सेप्टेम्बर ११ मा कारागारमै प्राण त्याग गरे । पेरुमा गोन्जालोले क्रान्ति गर्न भन्दै चालेको कदमका कारण ७० हजार मानिसको मृत्यु भएको थियो ।
जुन विषयलाई पेरुको सत्ताले गोन्जालोले शुरु गरेको सशस्त्र जनयुद्धलाई राज्यविरुद्धको अपराधमात्रै भनेन्, गोन्जालोलाई आतंककारी नै करार ग¥यो । उनै गोन्जालोको वामपन्थी राजनीतिबाट अघि बढ्दै राजावादी हुन पुगेका दुर्गा प्रसाईले अनुशरण गरेको देखिन्छ ।
दुर्गा प्रसाईले तीनकुने प्रकरणमा आफू नभागेको तथ्य स्थापित गर्ने ध्याउन्नमा गोन्जालो बन्नबाट बच्न सुरक्षित स्थानमा रहेको जिकिर गरिदिए ।पेरुमा गोन्जालोले गाउँदेखि शहर घेर्ने रणनीति अख्तियार गरे । विस्तारै उनको पार्टी साइनिङ पाथले केहि शहरहरुमा समेत कब्जा जमाउन पुग्यो ।
त्यसपछि पेरुको राजधानी लिमा कब्जाको अन्तिम चरणमा पुगेको उनी पेरुदेखि अन्तराष्ट्रिय शक्तिको तारोमा पर्दा जेलमै प्राण त्याग गर्ने स्थितिमा पुगे ।
यसलाई वामपन्थी विचार राख्नेहरुले पेरुमा क्रान्ति सम्पन्न हुनै लाग्दा धक्का खाएको अर्थमा लिन्छन् भने दक्षिणपन्थी शक्तिहरुले आतंकवाददेखि राज्यद्रोहको विषयमा लिने गर्छन् ।
सन १९९२ सेप्टेम्बर १२ मा गोन्जालो लीमाबाट पक्राउ पर्दैन थिए भने पेरुको अवस्था फरक बनिसक्ने ठानिन्छ । त्यसपछि पेरुमा क्रान्तिका लागि भएको सबै अभ्यास असफल बन्न पुग्यो ।
अहिले पनि गोन्जालो सर्वसाधारण गरिब तथा विपन्न नागरिकका लागि आदर्श पात्रको रुपमा नै कहलिने गरेका छन् ।
यसरी माओवाद, लेनिनवाद र माक्र्सवादलाई पछ्याएका गोन्जालोसँग दुर्गा प्रसाईले आफूलाई किन उभ्याउन खोज्दैछन् ? यसबारे भने रोचक विषय सार्वजनिक हुने गरेका छन् ।
शैलीमा पनि गोन्जालो
दुर्गा प्रसाईले आफुलाई पेरुको गोन्जालोजस्तो बनाउन राज्य उद्दत रहेको जिकिर गरे । त्यसैले पनि आफू सुरक्षित स्थानमा रहेको उनले भने । तर, अहिले उनी प्रहरीको नियन्त्रणमा आइसकेका छन् ।
प्रहरी नियन्त्रणमा पुगेका प्रसाईले चस्मादेखि ड्रेसअप भने गोन्जालोको शैली पछ्याएको देखिन्छ । गोन्जालोको चर्चित रागेपाटे टिसर्टजस्तै प्रसाईले पनि चस्मा र टिस्टमा उस्तै भेद देखाउन खोजेका छन् । तर, प्रसाईको माग छ, हिन्दु राष्ट्र, राजसंस्था र संघीयताको खारेजी लगायत ।
वामपन्थी राजनीतिको सिलतमा छहारी लिएका प्रसाई राजावादी वा पश्चागमनतर्फको यात्रामा लागेपनि किन वामपन्थी गोन्जालोबाटै प्रभावित ? प्रश्न र शंका भने देखिन्छन् ।
वामपन्थी रुझानमा परम्परावादी बाटो
दुर्गा प्रसाई राजनीतिक रुपमा वामपन्थी विचारबाट प्रभावित देखिन्छन् । राज्यले विद्रोहमा उत्रिएको कुनैपनि मान्छेलाई कस्तोसम्म गर्छ भन्नलाई मात्रै उनले गोन्जालोको उदाहरण दिएको देखिन्न । तर, माक्र्स, लेनिन र माओवादभन्दा पर पुगेर परम्परावादी चिन्तनसहित उनले मागिरहेको राजसंस्था, हिन्दु राष्ट्र कति व्यवहारिक ? गोन्जालोको विचार र शैलीको प्रभावबाट यस्ता मागमा पुग्न कति सहज ? प्रश्न र शंकाहरु बने प्रशस्त उब्जिएका छन् ।