News 24 Television
शिक्षकप्रति प्रधानमन्त्रीको टिप्पणी-  ‘आफ्नो मात्र हित हेरेर समस्या समाधान हुँदैन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुले आफ्नो मात्र हित हेरेर समस्याको समाधान नहुने बताएका छन् । शुक्रवार नेकपा (एमाले) ले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले शिक्षकहरु भावनामा बगेको भन्दै यसले समाधान नदिने जिकिर गरे ।

आफ्नो मात्र हित हेरेर नभई देशको आर्थिक अवस्था र राष्ट्रको क्षमता हेर्न महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले रोकिएको शिक्षा ऐनलाई उपयुक्त ढंगबाट ल्याइने पनि बताए । सरकार शिक्षकका समस्या समाधान गर्न चाहिरहेकोले शिक्षकहरुले समेत आफ्नो बाध्यता बुझिदिनुपर्ने उनकाे भनाइ छ । 

उनले भने, ‘शिक्षकहरु प्रदर्शनमा हुनुहुन्छ । मैले अस्ति पनि भनेको थिए । प्रदर्शनमा गइरहनुपर्ने थिएन । ऐन पहिलेदेखि रोकिएर बसेको छ । त्यसलाई हामी तुरुन्तै ल्याउँछाैँ भनेर भनिराखेका छौं । उपयुक्त ढंगले ऐन ल्याउँछौं । आफ्ना मात्रै हितहरुलाई हेरेर हुदैन, राष्ट्रहित कसरि हुन्छ, राष्ट्रको क्षमता के छ ? राष्ट्रको अहिलेको अर्थतन्त्रको स्थिति के छ र सरकारले के गर्न खोजिरहेको छ भन्ने कुरा बुझेर मात्र यस्ता कुराहरुको समाधान खोज्नुपर्छ । शिक्षक साथिहरुलाई म भन्न चाहन्छु भावना बगेर मात्र समस्याको समाधान हुँदैन । सरकार रहेक समस्याको समाधान गर्न चाहान्छ, तपाईका समस्या पनि समाधान गर्न चाहान्छ । तपाईहरुले पनि बुझ्नुपर्यो नि ।’

मुलुकमा विद्यमान समस्याको समाधान गर्नकै लागि वर्तमान सरकार गठन भएको उनको दाबी छ । उनले एक जना कर्मचारी निकाल्दा राजनीतिक दलहरुले रुवाबासी गरेको टिप्पणी गरे ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update