News 24 Television
दुर्गा प्रसाईलाई १२ दिन हिरासतमा राख्न अनुमति, ३ कसुरमा अनुसन्धान

काठमाडौँ । शुक्रबार पक्राउ परेका दुर्गा प्रसाईलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । शुक्रबार झापाबाट विमानमार्फत ल्याएर प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रसाईसँगै पक्राउ परेका उनका निजी अंगरक्षकलाई पनि १२ दिनको म्याद थप गरिएको छ । 

चैत १५ गते तीनकुनेमा हिंसात्मक प्रदर्शन, तोडफोड, लुटपाट र आगजनी मच्चाएर भागेका प्रसाईलाई बिहीबार नै भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । शुक्रबार काकडभिट्टा नाकाबाट नेपाल प्रहरीलाई बुझाइएको थियो । 

durga-(2)-1744365217.jpg
अदालतको अनुमतिसँगै उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । प्रसाईंविरुद्ध प्रहरीले सुरुमा ३ वटा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र ज्यान मार्ने उद्योगसम्बन्धी कसुरको मुद्दामा अनुसन्धान अघि बढाइने प्रहरी अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update