News 24 Television
काठमाडौँ ल्याइयो दुर्गा प्रसाईलाई

काठमाडौँ । तीनकुने घटनाका कमाण्डर दुर्गा प्रसाईलाई काठमाडौँ ल्याइएको छ । चैत १५ गते तीनकुनेमा हिंसात्मक प्रदर्शन, तोडफोड, लुटपाट र आगजनी मच्चाएर भागेका प्रसाई नेपाल प्रहरीको नियन्त्रणमा काठमाडौँ ल्याइएको हो ।

उनलाई बिहीबार भारतको आसाम राज्यबाट भारतीय प्रहरीले नियन्त्रणमा लिएर शुक्रबार बिहान नेपाललाई बुझाएको थियो । त्यसलगत्तै नेपाल प्रहरीले उनलाई भद्रपुरबाट विमानमार्फत काठमाडौँ ल्याएको हो । 

प्रसाईविरुद्ध ज्यान मुद्दा, राज्य विरुद्धको कसूर, संगठित अपराध, आगजनी तथा लुटपाट लगायत कसुरमा अनुसन्धान अगाडि बढाउने प्रहरीको तयारी छ । उनलाई आजै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएर हिरासतको लागि म्याद लिइनेछ । 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update