दुर्गा प्रसाईँलाई काठमाडौं ल्याइँदै

काठमाडौं । भारतको आसाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ । उनलाई पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गराइएको हो । उनलाई अब झापाबाट विमानमार्फत काठमाडौं ल्याइँदैछ ।
चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक भएपछि उनी फरार भएका थिए । त्यसपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । भारतीय क्षेत्रबाट झापा ल्याउन्जेल उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेको बताइएको छ । प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ १०:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय