
काठमाडौं । नेपाल बार एशोसिएशनको अध्यक्षमा नेपाली कांग्रेस–नेकपा एमालेनिकट कानून व्यवसायीहरूको प्यानलका उम्मेदवार प्रा.डा. विजयप्रसाद मिश्र निर्वाचित भएका छन् ।
गत चैत २३ गते सम्पन्न निर्वाचनको मतपरिणाम बिहीबार सार्वजनिक भएको हो । मिश्रसँगै बारको नयाँ नेतृत्वमा को–को निर्वाचित भए त ?
बारको अबको नेतृत्वकर्ताको विगत र वर्तमान के हो ? के उनीहरुले नेपालको न्यायिक क्षेत्रलाई एक नयाँ उचाई दिनसक्ने सम्भावना छन् त ?
नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयन भएको छ । नयाँ नेतृत्व चयनका लागि चैत्र २३ गते मतदान भएको थियो । मतपरिणाम विहीबार सार्वजनिक गरियो ।
यो मतपरिणामले नेपाली कांग्रेस र नेकपा एमालेनिकट कानून व्यवसायीहरूको प्यानलका उम्मेदवार प्रा.डा. विजयप्रसाद मिश्रलाई बारको अध्यक्षमा निर्वाचित ग¥यो ।
मिश्र कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) र एमालेनिकट पेसागत कानून व्यवसायी संगठन (पीपीएलए)का साझा उम्मेदवार हुन् । यता, नेकपा माओवादी केन्द्रनिकट गणतान्त्रिक कानून व्यवसायी संगठन (आरपीएलए)का रमनकुमार श्रेष्ठ उनका निकटत्तम प्रतिस्पर्धी रहे । यद्दपी, उनीहरुबीचको मतान्तर भने २ हजार चार सय ३१ को रहयो । मिश्र ५ हजार ५२ मत ल्याएर विजयी हुँदा श्रेष्ठले २ हजार ६ सय २१ मत मात्रै प्राप्त गरे ।
बारको अध्यक्षमा निर्वाचित भएसँगै मिश्रले सञ्चारकर्मीहरुसँग कुरा गर्दै जितसँगै जिम्मेवारी थपिएको र जिम्मेवारीसँगै गम्भीर बनेर अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।
स्वतन्त्र र स्वच्छ न्यायपालिकाको स्थापना, विकृति विहीन न्यायपालिका, राम्रा न्यायकर्मी, भ्रष्टाचारमुक्त न्यायपालिका, संविधानको समयाअुसार संशोधन आफ्नो प्राथमिकतामा रहेको उनको भनाई छ ।
उनले आफ्ना योजना सुन्दाउदै कानून व्यवसायीहरुलाई तालिमको व्यवस्था, लयर्स सेकेण्डरीको स्थापना, समुचित कानूनी शिक्षाको व्यवस्था, नेपाल बार एशोसिएशनमा महिला र युवा कानून व्यवसायीहरुको मुल प्रवाहमा आउने क्रम शुरु गर्ने र नेपाल बारको समग्र कार्य प्रणाली परिवर्तन गर्नेकुरा आफ्नो प्राथमिकतामा रहेको समेत बताएका छन् ।
आफूहरुका मात्रै नभई प्रतिष्पर्धीहरुको घोषणापत्र पनि कार्यान्वयन गर्ने, सबैलाई समेटेर अघि बढ्ने, व्यक्तिगत महत्वकांक्षा भन्दा माथि उठेर कानून व्यवसायीहरुको लागि काम गर्ने प्रतिवद्धता उनले जनाएका छन् ।
को–को चुनिए नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वमा ?
- नेपाल बारको महासचिवमा पनि कांग्रेस–एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४ हजार ८ सय ७४ मतका साथ विजयी
-- महासचिवमै अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेलाई २ हजार ३ सय ६७ मत मात्रै प्राप्त
- अन्य सबै पदाधिकारीमा कांग्रेस–एमाले गठबन्धनकै उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित
- कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बु
- मधेशबाट उपाध्यक्षमा अजयशंकर झा
- बागमतीबाट उपाध्यक्षमा तेजबहादुर रावल
- गण्डकीबाट उपाध्यक्षमा भूपेन्द्र खनाल
- लुम्बिनीबाट उपाध्यक्षमा कृष्णप्रसाद पोख्रेल
- कर्णालीबाट उपाध्यक्षमा विवसकुमार बस्नेत
- सुदूरपश्चिमबाट उपाध्यक्षमा सिद्धराज ओझा
- महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ निर्वाचित
- कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित
को हुन् प्रा.डा. विजय मिश्र ?
- वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रको जन्म काठमाण्डौं
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट व्यक्ति
- वि.स. २०४५ सालदेखि कानून व्यवसायमा सक्रिय
- प्रखर कानूनी अभियन्ता, कानुन क्षेत्रका विज्ञ र समाजसेवीका रुपमा समाजिक छवि बनाउन सफल
- नेपाल ल क्याम्पसका सहप्रध्यापक
- २०५५ सालमा त्रिभुवन विश्वविद्यालयबाट मास्टर अफ ल (एलएलएम) को उपाधि प्राप्त
- वि.सं. २०७९ मा त्रिभुवन विश्वविद्यालयबाट ‘नेपालमा कानूनी पेशा ः विगत र भविष्य’शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त
- काठमाडौं जिल्ला अदालत बारमा २०४९–५१ को अवधिमा सचिव र २०५१–५३ को कार्यावधिमा अध्यक्षको भूमिकामा
- २०५७–२०६० मा नेबाए केन्द्रिय सदस्यका रुपमा निर्वाचित मिश्रले २०६६–२०६९ को अवधिमा नेबाएको महासचिवमा निर्वाचित भई काम
- नेपाल बारको प्रतिनिधित्व गर्दै अष्टेलिया, जर्मनी, स्पेन र भारतका फोरमहरुमा सहभागी
- कानून, संविधान र सामाजिक न्यायका क्षेत्रमा लामो अनुभव
- मानवअधिकार र कानूनी राज्यका विषयमा कार्य
- अनुसन्धान तथा लेखनमा सक्रिय, दर्जनौँ लेख र पुस्तकहरू समेत प्रकाशित
- कानुनी सेवाबाट वञ्चित वर्गका लागि निःशुल्क कानुनी सहायता कार्यक्रमहरू गर्ने व्यक्ति
- नेपालको न्याय प्रणाली सुधारमा अन्तर्राष्ट्रिय दृष्टिकोणका सन्दर्भमा नेपालका कानूनी विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा कार्यपत्र प्रस्तुत गर्दै आएका व्यक्ति
को हुन् महासचिवमा निर्वाचित कोइराला ?
- नेपाल बार एशोसियशनको महासचिवमा निर्वाचित वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला विगत तीस वर्षदेखि कानून व्यवसायमा निरन्तर क्रियाशिल व्यक्ति हुन् ।
- वाणिज्य कानूनमा स्नातकोत्तर गरेका कोइराला सर्वोच्च अदालत बार एशोसिएशनमा आवद्ध
- तत्कालिन पुनरावेदन अदालत पाटनको कार्यसमितिमा सदस्य र कोषाध्यक्षमा जिम्मेवारी निर्वाह गरेका
- नेपाल बारको केन्द्रीय कार्य समितिको सदस्य भई सचिवालय सदस्यको भूमिका समेत निर्वाह
- नेपाल बारको विभिन्न विषयगत समितिमा रहेर योगदान
- नेपाल बार काउन्सिलको विषय विज्ञ प्रशिक्षककोे रुपमा समेत सुचिकृत
- वैकल्पिक विवाद समाधानका मेलमिलाप र मध्यस्थता जस्ता विषयमा समेत क्रियाशिल व्यक्ति