
काठमाडौं । सांसदहरु अर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध खनिएका छन् । संसदीय समितिमा आउने, आफ्ना कुरा सुनाउने अनि व्यस्त छु भन्दै हिड्ने ? हाम्रा कुरा नसुन्ने भन्दै सांसदहरु आक्रोशित भएका हुन् । मुलुक ग्रे लिस्टमा पर्दा पनि त्यसको कारण अघिल्लो सरकारलाई देखाएर सांसदहरुमा भ्रम छर्ने कोसिस गरेको आरोप समेत सांसदहरुको छ ।
संसदीय समितिको बैठकमा पुगेर आफ्ना कुरा सुनाइसकेर अर्थमन्त्री विष्णु पौडेल हिडेपछि सांसदहरु आक्रोशित भएका छन् । सांसदका कुरा नसुन्ने, आफ्ना कुरा राख्ने, अरुमाथि आरोप थोपर्ने हिड्ने ? भन्दै सांसदहरु जंगिएका हुन् ।
विहीबार राष्ट्रियसभा अन्र्तगतको विकास आर्थिक मामिला तथा सुशासन समितिमा चालु वर्षको बजेट खर्च स्थिति र आगामी बजेटबारे अर्थमन्त्री र सांसदहरुबीच छलफल गर्र्नेे कार्यसूची रहेको थियो । छलफलमा अर्थमन्त्री पौडेल आउन त आए । तर, सांसदका कुरा सुन्ने फुर्सन अर्थमन्त्रीलाई भएन । त्यसैले उनले बैठकको सुरुमै चालु वर्षको बजेट खर्चको अवस्था, देशको अर्थतन्त्रको अवस्थाका बारेमा आफ्ना विचार राखे ।
अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२\८३ को बजेट ल्याउने उनले बताए । स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन सही रुपमा नगरे अब अप्ठ्यारोमा पर्ने खतरा रहेको उनले सुनाए । पौडेलकाअनुसार संविधान निर्माणसँगै जनतामा समृद्धि र विकासको आकंक्षालाई पूरा गर्ने दिशामा सरकार अग्रसर हुनेछ ।
सांसदहरुको भूमिका विधि निर्माणसँगै विकास निर्माणमा समेत रहने भन्दै उनले पौडेलले विकास निर्माण र विधि निर्माणलाई समन्वयात्मक हिसावले अघि बढाउनुपर्नेमा जोड दिए ।
यसरी अर्थमन्त्रीले आगामी बजेट कस्तो बनाउने भन्ने विषयमा सरसर्ती भाषण सुनाए । त्यसपछि अब मेरो अर्को कार्यक्रममा पुग्नु पर्नेछ भन्दै उठेर हिडे ।
अर्थमन्त्री बैठक छोडी बाहिरिएपछि अर्थमन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीले चालु बजेट र आगामी बजेटको विषयमा अर्थ मन्त्रालयको धारणा राखे ।
भण्डारीले बजेटलाई यथार्थपरक बनाउन अर्थ मन्त्रालय लागिरहेको बताए । धेरै मन्त्रालयहरुले सिलिङ नपुगेको बताउने गरेको भन्दै उनले खर्चको स्थिति कमजोर भएपनि बजेट डिमाण्ड उच्च रहेको जानकारी गराए । उनले चालु आर्थिक वर्ष कुल १८ खर्ब ६० अर्ब ६० करोड ३० लाख ३० हजार रहेकोमा ९ खर्ब ७७ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बराबर बजेट खर्च भएको जानकारी समेत दिए ।
सहसचिवले बजेट खर्चको फेहरिस्त सुनाउदै गर्दा बीचैमा सांसदहरूले रोक्ने प्रयास गरे । सांसद घनश्याम रिजालले बजेट खर्चको विवरण आफुहरुलाई थाहा भएकाले त्यही दोहो¥याइ रहन आवश्यक नभएको भने । मन्त्रीले सांसदका कुरै नसुनी निस्केको प्रति टिप्पणी गर्दै उनले भने यो सरकार संसद र समिति प्रति उत्तरदायी छैन ।
जवाफदेहि छैन । किनभने हामीले प्री बजेमा तीन महिनासम्म छलफल गर्न पाउने व्यवस्था हुँदाहुँदै एक महिनाअघि सुरु गर्नुभो । त्यसमाथि मन्त्री आउने आफ्ना कुरा राखेर जाने । हामीले सुन्यौ मन्त्री ज्यूका कुरा सरकारका कारण ग्रेलिस्टमा परेको होइन भन्नु भो ।
यसमा यो सरकारमा को हो, नेकपा एमाले । अहिले देशमा सबैभन्दा धेरै राम्रो व्यापार पनि मन्दीमा गएको छ त्यसको जवाफदेहि हुनुपर्दैन ? मन्त्री पौडेलले अघिल्लो सरकारको कारण ग्रेलिस्टमा परेको तर्कप्रति टिप्पणी गर्दै झुटो कुरा समितिमा राखेको आरोप सांसद रिजालले लगाए ।
अन्य सांसदहरु पनि अर्थमन्त्री अर्थसचिवसँग आक्रोशित
- सांसद जित जंग बस्नेतले मन्त्रीले सांसदका कुरा सुन्ने समय नै नभएको आचरण देखाएकोप्रति आक्रोश पोखे । उनले अर्थमन्त्री उपस्थित हुँदा अर्थसचिव उपस्थित नभएको प्रति समेत प्रश्न उठाए ।
- सांसद उर्मिला अर्यालले पनि मन्त्रीले सरासर भाषण सुनाएर सांसदहरुको कुरै नसुनी हिड्नु अर्थमन्त्रीको दादागिरी शैली भएको टिप्पणी गरिन् ।
बैठकको माहोल थप विग्रने अवस्था सृजना भएपछि अर्थ मन्त्रालयका सहसचिव भण्डारी र योजना आयोगका सचिव सुमन अर्यालले बजेटबारे धारण राखेपश्चात बैठक स्थगित गरियो ।
यसैपनि सांसदहरुलाई प्रि बजेट छलफलको मौका कटौति गर्ने त्यसमाथि एकैछिन आफ्ना कुरा राख्ने अनि सांसदका कुरै नसुन्ने शैलीलाई संसदीय अभ्यासमा उचित मानिदैन । सरकार जनताको सार्वभौम संसदप्रति जिम्मेवार हुनैपर्छ ।