News 24 Television
चीनको विकास नेपालका लागि प्रेरणादायी : दिनानाथ शर्मा 

काठमाडौँ । चीन भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका नेता दिनानाथ  शर्माले चीनले गरेको विकास नेपालका लागि प्रेरणा भएको बताएका छन् । सी.पी.सी.को अन्तर्राष्ट्रिय विभागको निम्तोमा चीनको चोङ्किङ पुगेका शर्माले  चिनियाँ  सरकारी टोलीसँगको वार्तामा यो कुरा बताएका हुन् ।  

बिचार गोष्ठीको क्रममा आफ्नो धारणा राख्दै माओवादी नेता शर्माले नेपाल-चीन सम्बन्धको ७० वर्ष पुगेको विषय उठाए । उनले माओवादी क्रान्तिको प्रेरणा चिनियाँ कम्युनिष्ट पार्टी भएकोसमेत बताए । उनले चिनियाँ र नेपालबीच नागरिकदेखि नागरिक सम्मको सम्बन्ध झन बलियो हुँदै गएको बताए ।

 समाजवादको बाटो नेपालले अंगिकार गरिसकेको अवस्थामा यसका लागि चीनको सहयोग झन आवश्यक रहेको उनले बताए । 

नेपालमा अहिले बहुदलीय व्यवस्था भएपनि लक्ष्य समाजबाद भएको बताउदै उनले यो तत्कालको लागि मात्र भएको जानकरी दिए । माओवादी केन्द्र समाजबादी बिचारबाट बिचलित नभएकोले चीनको साथ आवश्यक भएको धारणा राखे ।

प्रचण्ड नेतृत्वको सरकारले  भ्रस्टाचारिहरुलाइ कारबाहीको दायरामा  ल्याउँदा आफ्नो सरकार हट्नु परेको उनको भनाइ थियो । चीनको बिकासले नेपाललाइ उत्साहित गरेकाले चिनियाँ विकास मोडल नेपालले अवलम्बन गर्नुपर्ने उनको भनाई थियो । 

छोङ्छिङ कृषी बिज्ञान एकेडेमी र भरतपुर नगरपालिकाले एम ओ यु गरिसकेको उल्लेख गर्दै यस्तो विषयले नेपाल चीन बिचको सम्बन्धलाई थप गहिरो बनाउदै लाने पनि शर्माले  बताए । 

तेस्तै कार्यक्रममा चिनियाँ नेता लुइ झिआउले छोङ्छिङ र नेपालबिच एउटा छुट्टै सम्बन्ध बन्नेमा बिश्वास रहेको बताए । 
 
त्यस्तै अर्को एउटा कार्यक्रममा सीपीसी  पार्टी स्कुलको पुर्ब उप प्राध्यापक लुओ जिओ मोइले चीन बिकासको लागि चीन र सि चिन्फिङले अबलम्बन गरेको बाटो विषय जानकारी गराइएको थियो  । 

कार्यक्रममा चीनले सदैब आफ्नो जनतालाई प्रमुख प्रथमिकतामा राखेको जननकरी  दिइएको थियो  । देश र जनताको बिकासको लागि कहिलेकाही निर्मम पनि बन्नु पर्ने भन्दै आफ्नै नजिकको मान्छे भ्रस्टाचार गर्छ भने कडा कारबाही गर्न पछि हट्न नहुने आफ्नो धारणा  चीनले स्पष्ट पारेको थियो ।

eab1982a-b1fa-40d2-94c8-2fb9ae1be0ca-1744286719.jpg
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update