News 24 Television
नवनिर्वाचित बार अध्यक्ष भन्छन्- 'व्यक्तिगत महत्वकांक्षा भन्दा माथि उठेर काम गर्नेछौँ'

काठमाडाैँ । नेपाल बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । मिश्र पाँच हजार ५२ मतसहित निर्वाचित भएका हुन् । उनी गठबन्धनकाे साथ  पाएर विजयी भएका हुन् ।

उनका प्रतिष्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरे । मिश्रले दुई हजार ४३१ मतान्तरले श्रेष्ठलाई पराजित गरे ।

नेपाल बार चुनावमा मिश्रको प्यानलबाट प्यानलबाट २५ मा २५ जना नै निर्वाचित भएका छन् । बार अध्यक्षमा विजयी भएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष मिश्रले जितसँगै जिम्मेवारी थपिएको र जिम्मेवारीसँगै गम्भीर बनेर अघि बढ्ने बताए ।

स्वतन्त्र र स्वच्छ न्यायपालिकाको स्थापना, विकृति विहीन न्यायपालिका, राम्रा न्यायकर्मी, भ्रष्टाचारमुक्त न्यायपालिका, संविधानको समयवघ संशोधन आफ्नो प्राथमिकतामा रहेको बताए ।

कानून व्यवसायीहरुलाई तालिमको व्यवस्था, लयर्स सेकेण्डरीको स्थापना, समुचित कानूनी शिक्षाको व्यवस्था, नेपाल बार एशोसिएशनमा महिला र युवा कानून व्यवसायीहरुको मुल प्रवाहमा आउने क्रम शुरु गर्ने र नेपाल बारको समग्र कार्य प्रणाली परिवर्तन गर्नेकुरा आफ्नो प्राथमिकतामा रहेको बताए ।

आफूहरुका मात्रै नभएर प्रतिष्पर्धीहरुको घोषणापत्र पनि कार्यान्वयन गर्ने, सबैलाई समेटेर अघि बढ्ने उनले बताए । व्यक्तिगत महत्वकांक्षा भन्दा माथि उठेर कानून व्यवसायीहरुको लागि काम गर्ने प्रतिवद्धता जनाए । 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update