News 24 Television
सर्लाहीमा ट्राफिक व्यवस्थापनमा  प्रहरी मौन 

सर्लाही । ट्राफिक व्यवस्थापनमा सर्लाही ट्राफिकले कन्जुस्याई गरेपछि यतिवेला सर्लाही जिल्लाका मूख्य बजारका राजमार्गहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भयको छ । सर्लाहीको सदरमूकाम मंलगबा र बरहथवाको मुख्य चौक देखि बजार क्षेत्र समेत ट्राफिक प्रहरिका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । 

ट्राफिक व्यवस्थापन अस्तव्यस्त हूर्दा जिल्लाका मूख्य बजारको मुख्य चौक देखि बजार क्षेत्रमा समेत दोहोरो पार्किङ गरेर राखिएका सवारी साधनहरुकै कारण सवारी दुर्घटनाको खतरा बढ्दै जान थालेको स्थानीय व्यापारीहरु बताउ छन् । ट्राफिक व्यवस्थापनको बिसयलाई लियर जिल्ला ट्राफिक प्रहरि कार्यालय सर्लाही मैन बसिरहेको छ । 

ट्राफिक व्यवस्थापन चुस्त नहुँदा यसको प्रत्यक्ष असर स्थानीय परिरहेको छ । सर्लाहीका बजार क्षेत्रमा सवारीसाधन पार्किङ राजमार्गमै भइरहेको छ । कतिपय सदरमूकाम मंलगवा बजारमा राजमार्गको दायाँबायाँ नै सवारीसाधन पार्किङ गर्ने गरिएकाले हिँडडुल गर्न र सवारीसाधन चलाउनसमेत मुस्किल परेको छ । सर्लाही ट्राफिक स्थानियलाई सास्ती खेप्न बाध्य बनाईरहेको छ । कमजोर ट्राफिक व्यबस्थापनको कारण सर्लाही जिल्लाको बरहथवा , नबलपूर, हरिवन र सदरमूकाम मलङवा लगायतको शहरी क्षेत्रमा जथाभाबी पार्किङ्ग बढीरहदा सम्म सर्लाही ट्राफिक मौन देखीयको छ । 

96f5f0db-ecd8-4205-b346-58917305d9d7-1744271569.jpg
 

सर्लाहीको मंलगवा र बरहथवामा ट्राफिक प्रहरि सवारी साधन चेकिङ्ग गर्दा सवारीको यान्त्रिक अवस्था हेर्दैनन् । केवल भारतीय सबारि साधन र मालबाहक पशु लोड गरेको सबारी साधनलाई रोकेर चेकिङ गरेजस्तो गरेर दुःख दिने गरेको सबारि चालकहरुको गुनासो छ । सर्लाही ट्राफिक प्रहरीले कागजपत्र नभएका सवारी चालकसँग नियम बमोजिमको कारबाहीभन्दा अवैध रकम असुली गर्ने गरेको चालकहरु आरोप लगाउँछन् । 

सर्लाही जिल्लाका बजार बरहथवाको मुख्य चौक देखि बजार क्षेत्रमा समेत दोहोरो पार्किङ गरेर राखिएका सवारी साधनहरुकै कारण सवारी दुर्घटनाको खतरा बढ्दै जान थालेको स्थानीयहरु बताउ छन् । जिल्ला सदरमुकाम मलंगवा,जिल्लाको मुख्य बजार बरहथवा लगायतका मुख्य बजार तथा चोकहरुमा सवारीको मनलाग्दी पार्किङका कारण समस्या उत्पन्न हुदै आएको हो । जिल्ला सदरमुकाम मलंगवा,जिल्लाको मुख्य बजार हरिबन,बरथवा,बागमती नबलपूर,लगायत जिल्लाका मुख्य बजार तथा चोकहरुमा सवारीको मनलाग्दी पार्किङका कारण समस्या उत्पन्न हुदै आएको हो । 

ट्राफिक व्यवस्थापनमा सुधार आउने अपेक्षा राखेको सर्लाहीबासीले भद्रगोल ट्राफिक व्यवस्थापनका कारण सास्ती भोग्नु परेको छ । सर्लाहीका ट्राफिक प्रहरी प्रमुख रजोश घिमीरेलाई यहाँको ट्राफिक व्यवस्थापनमा कुनै चासो छैन् उनि सर्लाही ट्राफिक प्रहरी प्रमुख भयर सर्लाहीमा आएदेखि नै सर्लाहीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गयको छ ।

तर यता सो बिसयमा जिल्ला ट्राफिक प्रहरि कार्यालय सर्लाहीका ट्राफिक प्रमूख रजोश घिमीरेलाई सोध्दा सर्लाहीको समग्र ट्राफिक व्यवस्थापन हाम्रो मात्र जिम्मेवारि को बिषय होइन हामीले सकेको ट्राफिक व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौ सर्लाहीका ट्राफिक प्रमूख रजोश घिमीरेले भने यहाँको ट्राफिक व्यवस्थापनमा मेरो चासो हो भनेको मात्रै करिब ४-५ महिना भैसक्यो त्र सर्लाहीको ट्राफिक व्यवस्थापनको अबस्था जस्ताको त्येस्तै छ । 

सर्लाहीमा आर्थिक वर्ष २०७९/८० मा ९०२ र २०८०/८१ मा ६१५ सडक दुर्घटना भएका थिए । सवारी दुर्घटनामा परेर आर्थिक वर्ष २०७९/८० मा ६७ र २०८०/८१ मा ६२ जनाको मृत्यु भएको तथ्यांक छ । २०८१/८२ को चालूको फागून मसान्त सम्ममा दुर्घटना ५३० मृत्यु ३२ घाइते ७४३ भयका छन । चालूआर्थिक वर्ष  २०८१/८२ को चालूको फागून मसान्त सम्ममा सर्लाही ट्राफिकले राजस्ब १ करोड ३५ लाख २७ हजार राजस्व उठायको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही मातहतमा ११ यूनिट छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update