News 24 Television
ट्रम्पको एकपछि अर्को हाई भोल्ट ! नेपाललाई फाइदा कि घाटा ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्व व्यापार नै तरंगित हुनेगरी रेसिप्रोकल भन्सारदर कार्यान्वयनमा ल्याएसँगै यो विषय नेपालमा समेत चर्चामा छ । ट्रम्पको नीति अनुसार भन्सारदरको असर शक्तिशाली देशहरुमा व्यापक पर्ने देखिन्छ । त्यसो भए नेपालमा के हुन्छ त यसको असर ? कि फाइदा हुनसक्छ नेपाललाइ ? अमेरिकासँग नेपालको व्यापार सम्बन्ध कस्तो छ ? अब नेपालले के गर्नु पर्ला त ? 
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेका कदमले नेपाल समेत प्रभावित बन्ने देखिएको   छ । यही अप्रिलबाट ट्रम्पले रेसिप्रोकल भन्सारदर कार्यानवयनमा ल्याएसँगै यसबाट नेपाल के कति अनि कसरी प्रभावित हुन्छ त भन्ने कोणबाट विश्लेषण गरि आफ्नो रणनीति बदल्नु पर्ने त होइन ? यसबारे चर्चा चलिरहेका छन् । 

ट्रम्पको कदम र नेपाल प्रभाव

-  खासगरी अमेरिकाले जारी गरेको पारस्पारिक भन्सार नीतिका कारण नेपालबाट संयुक्त राज्य अमेरिकामा निर्यात हुने वस्तुहरुलाई प्रभाव पार्नेछ । 

-  ट्रम्पले अघिल्लो साता घोषणा गरेको ‘जस्तालाई त्यस्तै भन्सार दर’ (रेसिप्रोकल ट्यारिफ) अनुसार नेपाली वस्तु अमेरिका निर्यात गर्दा थप १० प्रतिशत भन्सार लाग्दैछ । 

-   यसले साविकको तुलनामा नेपाली वस्तु अमेरिका निकासीमा महँगो पर्ने छ । तर, त्यस्तै वस्तु निर्यात गर्ने देशलाई ट्रम्पले अति नै उच्च भन्सार दर लगाउने घोषणा गरेका छन् ।

त्यसकारण ती मुलुकको तुलनामा नेपालबाट निर्यात हुने वस्तु सस्तो हुन गई नेपालले प्रतिष्पर्धी लाभ पाउनेछ । नेपाली तयारी कपडा उद्योग (गार्मेण्ट), हस्तकलाका वस्तुहरु नेपालबाट अमेरिका निकासी हुँदै आएका छन् । 

नेपालबाट खासगरी अमेरिकामा गार्मेन्टका वस्तु जुत्ता, टिसर्ट, सर्ट, ज्याकेट, पस्मिना, अन्य कपडाहरु निर्यात हुँदै आएको छ । पारस्पारिक भन्सार नीतिका कारण ती वस्तुको निकासी बढ्नसक्छ  ।

नेपालको गार्मेण्ट उद्योग अमेरिकामा निरन्तर वृद्धि 

-    नेपालको गार्मेण्ट उद्योग अमेरिकामा निरन्तर वृद्धि हुँदै 

-    व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रकाअनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा नेपालले कुल १७ अर्ब ३१ करोड ४५ लाख रुपैयाँ मूल्यका ४ सय भन्दा बढी वस्तु अमेरिका निर्यात गरेको 

-    सोही आर्थिक वर्षमा नेपालले अमेरिकाबाट १९ अर्ब ४८ करोड २४ लाख रुपैयाँ मूल्यका वस्तु आयात गरेको 

-  चालु आ.व.को ६ महिनासम्ममा नेपालबाट कुल ८ अर्ब ६३ करोड रुपैयाँका वस्तु निर्यात गरेको 

-    यही अवधिमा अमेरिकाबाट १२ अर्ब २३ करोड रुपैयाँ बराबरको नेपालले आयात गरेको 

-    सन् २०२० को तथ्यांकअनुसार नेपालले अमेरिका प्रति वर्ष ३०० मिलियन डलरभन्दा बढीको गार्मेण्ट निर्यात गरेको 

नेपाललाई सम्भावना

-    हालै अमेरिकाले लिएको पारस्पारिक भन्सार नीतिले निर्यात गर्ने अन्य राष्ट्रहरूलाई लगाएको भन्सार दरबन्दीको तुलनामा नेपालको न्युन हुनसक्ने भएकाले फेरि नेपाललाई व्यापारमा अवसरहरू सिर्जना हुने र निर्यात बढाउनसक्ने सम्भावना बलियो
 
-   जानकारहरुकाअनुसार नेपालले अमेरिकी बजारमा प्रतिष्पर्धा गर्न नयाँ अवसर पाउने 
-   नेपालले अमेरिकामा सस्तो र गुणस्तरीय उत्पादनहरू प्रदान गर्न सक्नेछ भने, अमेरिका र नेपालबीच व्यापारको स्तर बढ्न सक्ने 

ट्रम्प प्रशासनको त्यो भनाई

अमेरिकाले लगाउने भन्सारको तुलनामा अन्य देशले अमेरिकी वस्तुमा बढी भन्सार लगाएको आरोप लगाउँदै आएको छ । अमेरिकी सरकारले त्यसको बदलामा सोही अनुसारको भन्सार दर लगाउने घोषणा गरेको देखिन्छ ।

-    नेपालले अमेरिकी वस्तुमा औसतमा १० प्रतिशत कर लगाएको बताउँदै नेपाली वस्तुमा पनि उत्तिकै कर लगाइएको अमेरिका सरकारको भनाइ 

-   बंगलादेश, भारत, चीन र श्रीलंका जस्ता देशले अधिक भन्सार लगाए पनि अमेरिकाले अझै न्युन भन्सार लगाएको अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक 

-    अमेरिकी सरकारको नयाँ नीतिअनुसार भारतलाई २६ प्रतिशत, बंगलादेशलाई ३७ प्रतिशत, श्रीलंकालाई ४४ प्रतिशत कर लगाइएको 

-    चीनका हकमा भने यसअघि नै ट्रम्प प्रशासनले २० प्रतिशत कर लगाइसकेकाले नयाँ दर लागू नहुन

अब के गर्ने ?

-   अमेरिकी सरकारले जारी गरेको भन्सार दरमा नेपाल अत्यान्तै कम अर्थात १० प्रतिशतमा दरमा पर्नु सकारात्मक 

-    तर पनि अझै अमेरिकी सरकारसँग छलफल गरेर यो दरमा पुनरावलोकन हुन सक्ने सम्भावना बलियो बनाउने 

-    अमेरिकी भन्सार दर कम भएका कारण नेपालबाट वस्तुको माग बढ्नसक्ने सम्भावना 

-    माग अत्याधिक भइसकेपछि उत्पादन सोहीअनुसार गर्नुपर्ने र त्यसका लागि जनशक्ति समेत पार्याप्त चाहिने भएकाले देशभित्रै धेरै जनाले रोजगारी पाउनसक्ने अवस्था बन्नसक्छ । 

-   गार्मेन्ट क्षेत्रलाई प्रवद्र्धन गर्न नेपाल सरकारले समेत देशका विभिन्न भूभागमा रहेका कच्चापदार्थलाई प्रयोगमा ल्याउने वातावरण बनाउनुपर्ने 

-    उद्योगहरु स्थापनामा महत्वपूर्ण भुमिका सरकारले खेल्नुपर्छ भने सेजमा सुविधा थप्न समेत सरकार तयार भयो भने यो निर्यातजन्य क्षेत्र फस्टाउन सक्छ । 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update