
काठमाडौं । सरकारमाथि विपक्षीको कटाक्ष र आरोप लगातार छ । वर्तमान राजनीतिक समस्याको जड पनि प्रधानमन्त्री केपी शर्मा ओली नै भएको प्रतिपक्षीका आरोप छन् । सुरुकै दिनमा विपक्षीले वर्तमान सरकार निर्माणमा अवरोध सृजना गरेको थियो । यद्यपि काँग्रेस एमालेकको समीकरणमा सरकार निर्माण भएको छ । तरपनि विपक्षीले सरकारमाथिको खेदो खन्न छाडेको छैन । मुख्यतः सरकार कुशासन र भ्रष्टाचारमा लिप्त रहेको आरोप दोहोर्याइरहेको छ ।
सरकारले संसदमार्फत विधेयकका रुपमा लयाउनुपर्ने कानूनहरु अध्यादेशमार्फत ल्याएको भन्दै विपक्षी दलहरुले भत्र्सना गरेका थिए । अध्यादेशको सवालमा विपक्षीलहरुले सरकारमाथि घेराबन्दी गर्दै सत्ता ढाल्ने सम्मको प्रयास गरे । यद्यपि यसको सामना गरेर सरकारले पाँच अध्यादेशलाई पारित गरेको छ भने भूमि सम्बन्धि एक अध्यादेश निस्क्रिय भएको छ । सरकारमाथि विविध चरणमा संकट नआएका भने होइनन् । यद्यपि सत्तारुढ दल नेपाली काँग्रेसले ओली नेतृत्वको सरकारमाथि डटेरै सहयोग गरेको थियो ।
विपक्षीको आरोप कायमै !
सरकार बन्दै गर्दादेखि नै विपक्षीले रोक्ने प्रयास गरेपनि अन्ततः यो सरकार बनेरै छाड्यो । तरपनि प्रतिपक्षीले सरकारमाथि लगातार भ्रष्टाचार र अनियमितताकै आरोप लगाइरहेको छ । माओवादी अध्यक्ष प्रचण्डले तराई मधेश जागरण अभियानमा पनि वर्तमान सरकार र त्यसको नेतृत्व केपी ओलीमाथिको टिप्प्णीमै समय खर्चिएका छन् । यहाँसम्मकी अभियनको विचमै काठमार्डौ फर्किएर सदनबाट पनि प्रचण्डले सरकारको कुर्सीमा विचौलिया नै बसिरहेको गम्भीर टिप्पणी गरेका थिए ।
सरकार नढल्ने ओलीको रटान
विपक्षीको घेराबन्दी, उल्झन र अवरोधलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले भने सँधै सरकार नढल्ने टिप्पणी गरिरहेका छन् । काँग्रेसकै आडमा रहेको ओली सरकार विभिन्न अफ्ठ्याराहरुमा सरकार नढल्ने भन्दै बारम्बार विपक्षीलाई जवाफ फर्काउने गरेका हुन्् । उनले संसदमा, पार्टीको सभाहरुमा र मधेश प्रदेश सभाकै रोष्टममै उभिएर पनि सरकार नढल्ने अभिव्यक्ति दिइरहेका छन्।
प्रधानमन्त्री ओलीले यो अभिव्यक्तिलाई सुरुका दिन देखि नै आत्मविस्वासका साथ दोहोर्याउँदै आइरहेका छन् । उनले मंसिर ७ गते दरबार मार्गमा एमालेले ओयोजना गरेको कार्यक्रममा यही अभिव्यक्ति दिएका थिए । त्यसपछि सदनबाटै र विदेश भ्रमणबाट फर्किँदै गर्दा विमानस्थलमा पनि पत्रकारहरुलाई यही जवाफ दिएका थिए । र, मंगलबार मधेश प्रदेशको सभालाई सम्बोधन गर्दै उनले पुनः सरकार नढल्ने तथा आगामी निर्वाचनसम्म नै गठबन्धन जारी रहने जिकिर गरेका हुन् ।
ओलीलेले यसरी दिइरहेको बारम्बारको जवाफलाई सरकार त्रासमा रहेको कोणबाट पनि विश्लेषण हुन थालेका छन् । ओलीले बारम्बार सरकारको आयू र गठबन्धनको भविष्यबारे चर्चा गर्नुको अर्थ के र किन ? भन्ने प्रश्न पनि उठिरहेका छन् । सरकारमा रहँदा जनहित र जनचाहना सम्बोधन गरिनुपर्ने हो वा बारम्बार सरकारको आयु भविष्यबाणी गरिरहनुपर्ने ? भन्ने जस्ता प्रश्न ओलीले सामना गर्नु परिरहेको छ ।