News 24 Television
काठमाडौँदेखि ककनीसम्म अल्ट्राभोइलेट टेस्ट राइड हुँदै

काठमाडौं । अल्ट्राभोइटलेको आधिकारीक वितरक केडिया समूहले अल्ट्राभोइलेट राइड आयोजना गर्ने भएको छ । 

कम्पनीले यहीँ शनिबार(चैत ३०) गते काठमाडौं देखि ककनीसम्मको अल्ट्राभोइलेटसँगै  अन्य २५० सीसी माथिको कुनै पनि कम्पनी को बाइक लिएर राइडर ले  सहभागी हुनेगरी एक दिने बाइक राइड गर्ने लागेको हो । 

अफरोड र अनरोड दुवैको अनुभवका लागि टेस्ट राइड आयोजना गरेको कम्पनीले जनाएको छ ।

साथै, अल्ट्राभोइलेट राइडमा २५० सीसीमाथिका बाइक धनीले समेत राइडमा सहभागिता जनाउन सक्ने छन् भने बाइक र प्रेट्रोल बाहेक अन्य खर्च कम्पनीको हुने केडिया अर्गनाइजेसन का बिजनेश हेड नवराज कोइराला  बताएका छन् ।  

अल्ट्राभोइलेट एफ ७७ को मूल्य 10  लाख 75 हजार रुपैयाँ रहेको छ । 

एफ ७७ माक टूमा २७–३० किलोवाट पीक पावर क्षमताको मोटर छ । यसमा १०.३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ ।

यसलाई एकपटकको फुलचार्जमा ३२३ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसले डिसी फास्ट चार्जर समेत सर्पोट गर्छ । यस्तै कम्पनीले ८ लाख किलोमिटर ब्याट्रीमा वारेन्टीसमेत दिएको छ ।

यसमा स्टयान्ड सेन्सर, हिल होल्ड, ट्रायाक्सन कन्ट्रोल, मनो डूयुल च्यानल एबिएस, डाइनामिक स्टयाबिलिटि कन्ट्रोल डिस्क ब्रेक, एलइडी डिस्प्ले, राइड मोड, एलइडी हेड लाइट्स जस्ता फिचर उपलब्ध छन् ।

यो राइडमा सहभागी हुन एउटा् फर्म अनलाइन बाट भर्नुपर्नेछ र कल मार्फत पनि पुर्व जानकारी गराएर सहभागी हुन सकिनेछ I

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update