News 24 Television
ठगी र भ्रामक अभियानको आरोप लागेपछि 'अल्टिमा'को खण्डन (विज्ञप्तिसहित)

काठमाडौं । अल्टिमाले एक विज्ञप्ति जारी गर्दै ठगी आरोपको खण्डन गरेको छ । त्यस्तै पुतलीसडक काठमाडौंमा नयाँ स्टोरको भव्य उद्घाटन गर्नमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ । चैत्र २२ गते अल्टिमाले एक विशेष अभियान संचालन गर्दै उक्त उद्घाटन गरेको थियो । जहाँ रु ३,४९९ पर्ने फ्युजन ३६० इयरबड्स रु. ३६० मा उपलब्ध गराइएको थियो। तर अल्टिमामाथि ठगी र भ्रामक अभियान संचालन गरिएको गम्भीर आरोप लागेपछि वक्तव्य जारी गर्दै त्यसको खण्डा गरिएको हो । 

उसले विज्ञप्तिमा भनेको छ  – ‘यस योजनामा तपाईंहरुले देखाउनुभएको अपार माया र उत्साहले हामी अत्यन्तै हर्षित भयौं। तपाईंहरुको यो समर्थन र साथको लागि हामी आभारी छौं । तर, अपेक्षा गरेभन्दा धेरै मानिसहरुको उपस्थिति हुँदा, व्यवस्थापन गर्न कठिन भयो र तपाईंहरुमध्ये धेरैले असुविधा र असहजता महसुस गर्नुभयो । यस घटनाले तपाईंहरुमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। तपाईंहरुको सकारात्मक र नकारात्मक दुवै प्रतिक्रियाहरुलाई हामीले ध्यानपूर्वक सुनेका छौं । हामीले यस घटनाको सम्पूर्ण जिम्मेवारी लिन्छौं । हामीले यो अभियान भ्रामक वा ठगी थियो भन्ने टिप्पणीहरु पनि देखेका छौं। कृपया ढुक्क हुनुहोस्, यस्तो गर्नु हाम्रो उद्देश्य कहिल्यै थिएन ।’

आफ्नो ब्राण्डमाथि ठगीको गम्भीर आरोप लगाएको भन्दै त्यसलाई विश्वास नगर्न समेत अल्टिमाले आग्रह गरेको छ । 

‘कहिल्यै पनि, र भविष्यमा पनि, यस्तो बेइमानी काम गर्ने छैनौं,’ अल्टिमाले भनेको छ । उसले सुरक्षाको लागि र थप गलत बुझाई वा नकारात्मकता रोक्नको लागि, यस अभियानसँग सम्बन्धित कमेन्ट र पोस्टहरुलाई केही समयको लागि हाइड गरेको समेत अल्टिमाको प्रष्टिकरण छ । 

‘हामी तपाईंहरुको आवाज बन्द गर्न नभई, सबैको लागि सम्मानजनक वातावरण बनाउन चाहन्छौं । तपाईंहरुलाई पर्न गएको असुविधाको क्षतिपूर्ति गर्न, हामी अल्टिमा परिवारमा खुसी र कृतज्ञता फिर्ता ल्याउन एउटा सानो तर अर्थपूर्ण योजनामा काम गरिरहेका छौं ।
कृपया हामीसँग सम्पर्कमा रहनुहोस् । हामी थप माया, पारदर्शिता, र सिकाइका साथ अझ बलियो भएर फर्किनेछौं,’  अल्टिमाले भनेको छ । 

विज्ञप्ति

sss-1744193012.png
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update