News 24 Television
सेवाग्राहीलाई सप्ताहव्यापी निःशुल्क सेवा दिँदै शुक्रा हाउस

काठमाडाैँ । शुक्रा हाउस अफ डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि.ले विश्व स्वास्थ्य दिवस २०८१ काे अवसरमा आफ्ना सेवाग्राहीहरुको स्वास्थ्यललाई ध्यानमा राखी सप्ताहव्यापी निःशुल्क मधुमेह, हर्मोन तथा थाइरोईड सम्बन्धी विशेषज्ञ परामर्श सेवा दिइरहेकाे छ । यही चैत्र २५ गतेदेखि ३१ गते सम्म उक्त सेवा उपलब्ध हुने संस्थाका प्रशासन प्रमुख रोजिका प्रधानले जनाइन् । साथै, एक महिने स्त्री तथा प्रशुति रोगसम्बन्धी सेवा (बैशाख २ गते देखि ३१ गते सम्म) समेत उपलब्ध रहने उनले बताइन् । यस अवसरमा ल्याब टेस्टमा २० प्रतिशत छुटको व्यवस्था पनि रहेकाे छ ।

'Results where matters' मूल नाराका साथ वि.स. २०८०/०२/०३ गतेका दिन औपचारिक रुपमा काठमाडौंको पानीपोखरीमा स्थापित संस्थाले विभिन्न किसिमका गुणस्तरीय ल्याब परीक्षण, मल्टीस्पेशलिटि विशेषज्ञ परामर्श सेवा, एक्स रे, यु.एस.जि., ईसिजि र फार्मेसी आदि सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

नेपालमा लगभग ६० देखि ७० प्रतिशत परीक्षणहरू अझै पनि नेपालबाट अन्य देशहरूमा पठाइन्छ, जसले गर्दा बिरामीको उपचारमा ढिलाइ हुने र व्यक्तिको साथै देशको आर्थिक बोझ बढ्ने हुदा, सकेसम्म यसको रोकथाममा यस संस्था अग्रसर रुपले अगाडि बढिरहेको छ । यस संस्थाले विशेष निदान परीक्षणमा मात्र नभई चिकित्सा क्षेत्रमा पनि अग्रणी बन्ने लक्ष्य राख्दछ, जसमा स्वस्थ जीवनशैलीलाई प्रवद्र्घन गर्ने कार्यहरु समावेश गरेका छन् यस संस्था मानवतालाई पहिलो प्राथमिकतामा राख्दै उत्कृष्ट गुणस्तर, सबैभन्दा सही निदान र परीक्षणलाई किफायती लागतमा प्रदान गर्न समर्पित गर्दछ ।

अरु ल्याब भन्दा छुट्टै गुणस्तरीय सेवा को पहिचान बोकेको यस संस्थाको ल्याब भित्र पनि प्याथोलोजिस्ट, माईक्रोबायोलोजिस्ट, बायोकेमिस्टका विभिन्न वरिष्ठ विशेषज्ञ टोलीहरु आबद्ध छन् । घर अथवा अफ्सिमा नै बसी बसी निःशुल्क स्याम्पल कलेक्सन पनि गर्न सकिन्छ । 

 

 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update