News 24 Television
यस वर्ष नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने  प्रक्षेपण गरेको छ । बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०२५’ सार्वजनिक गर्दै एडीबीले नेपालको आर्थिक वृद्धिदर गत वर्षभन्दा केही बढ्ने प्रक्षेपण गरेको हो । अघिल्लो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो । 

पछिल्लो समय अमेरिकाले तय गरेको भन्सार नीति र भूराजनीतिक तनावलगायत कारणले एसिया र प्रशान्त क्षेत्रमा व्यापारिक अनिश्चितता उत्पन्न हुने र आर्थिक वृद्धिदर तथा मुद्रास्फीतिमा यसको सोझो प्रभाव पर्ने एडीबीको  उक्त प्रतिवेदनमा उल्लेख छ । 

नेपालमा भने गत आर्थिक वर्ष जलविद्युत् उत्पादनमा वृद्धि भएको तथा गहुँ उत्पादन र सेवा क्षेत्रमा आएको उत्साहले अर्थतन्त्रमा सुधार हुने प्रक्षेपाण गरिएको हो । वर्षको तुलनामा नेपालको मुद्रास्फीति समेत कम हुने र उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार हुने प्रक्षेपण समेत गरिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update