News 24 Television
राप्रपाको कार्यक्रममा प्रहरी खचाखच, प्रदर्शनकारी न्यूनः कस्तो भयो कार्यक्रम ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा राखेको कार्यक्रमको मनोवैज्ञानिक असरका कारण सरकारले सुरक्षा तैनाथीलाई चुस्त बनाउन पुग्यो । राप्रपाले पनि तीनकुनेमा जस्तो घटना हुँदा बदनामि कमाउनुपर्ने स्थितिलाई केन्द्रमा राख्दै सतर्कता अपनायो । यहि कारण राप्रपाको कार्यक्रम शान्तिपूर्ण ढंगमा सम्पन्न भएको छ । 

मंगलबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी दुवै तर्फबाट सुरक्षा सर्तकता अपनाइएको देखिएको छ । २ हजारभन्दा बढीको संख्यामा प्रहरी र करीब १ हजारको संख्यामा सशस्त्र प्रहरीले प्रर्दशन थललाई गोलो घेरा भित्र राखेका थिए भने । 

राप्रपाले पनि आन्दोलनका क्रममा घुसपैठ नहोस् भनेर करीब १ हजार जनाकै संख्यामा स्वयंम्सेवक खटाएको दाबी गरेको छ । चैत्र १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा भएको राजावादीहरुको प्रदर्शनमा सुरक्षाकर्मी र आन्दोलनरत दुवै पक्षले संंयमता घुमाउँदा मानवीय सहित अर्बौको भौतिक क्षति ब्यहोर्नु पर्याे । 

उक्त घटना भएको दुई हप्ता वित्न नपाउँदै राप्रपाले पुनः चैत्र २६ गते अर्थात् मंगलबार बल्खुमा बृहत खबरदारी सभा आयोजना गरेको थियो । विगतमा जस्तो यसपटक राप्रपाको आन्दोलनमा जनसभागीताको उपस्थिति पनि कम देखियो भने आन्दोलनमा हुन सक्ने जोखिमको संवेदनशिलतालाई बुझेर सुरक्षा निकाय र आन्दोलरत पक्ष दुवै संयम बनेको देखियो । 

उता राप्रपाले पनि कार्यक्रमस्थलमा करीब १ हजारको संख्यामा स्वयमसेवकहरु परिचालन गरेको दाबी गरेको । 

मंगलबारको बल्खुको सभा बिथोल्न खोजिएको आरोपमा ४ जनालाई स्वयमसेवक र प्रहरी मिलेर नियन्त्रणमा लिए । तर, नियन्त्रणमा लिइएकाहरु कुनै पनि दलमा आवद्ध नरहेको भनिएको छ । यस्तोमा नियन्त्रणमा लिइएकामाथि प्रहरी अनुसन्धान चलेपनि औचित्य पुष्टी होला ? प्रश्न भने देखिन्छ । 

चैत्र १५ गते तीन कुनेमा घुसपैठ भएको र प्रहरीले सभा बिथोल्न खोज्दा त्यसले ठुलो क्षती निम्त्याएको भन्दै आफुहरु सभालाई सभ्य बनाउन खटिएको स्वयंसेवकहरु बताउँछन् । 

ब्यापारी भने त्रासमै !

चैत्र १५ गते तीनकुनेको प्रर्दशन हिंस्रक बनेपछि मंगलबारको प्रदर्शनमा ब्यापारिहरु भने सतर्क देखिएका छन् । आजगनी, लुटपाटदेखि विभिन्न घटनाले त्रास फैलाएकै कारण बल्खुमा अधिकांश सटरहरुमा ताला ठोकिएको देखिन्थ्यो । तीनकुनेमा व्यत्तिगत घर, व्यवसायीक मल तथा रेष्टुरेन्ट लगाएतका निजि सम्पतीमाथि पनि राजावादीहरुले प्रदर्शनका क्रममा आगो लगाईंदिएका थिए । त्रासकाबीच बल्खुको कार्यक्रम भने शान्तिपूर्ण नै सम्पन्न भएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update