
काठमाडौं । सत्तारुढ दलहरुको राजनीतिक भागबण्डा र सहमति हुन नसक्दा केन्द्रीय र्बैकको गभर्नर नियुक्ती हुन सकेको छैन । नेपाल राष्ट्र बैकका निर्वतमान गभर्नर महाप्रसाख अधिकारीको कार्यकाल पुरा भएर बिदा भइसक्दा पनि नयाँ गभर्नरको नियुक्ती हुन सकेको छैन । गभर्नर छनौट समिति गठन भएता पनि नयाँ गभर्नरको नाम टुङो लाग्न नसकेपछि निलम ढुंगाना तिम्सिनालाई सरकारले कायम मुकायम गभर्नर तोकेको छ । त्यसैलाई सरकारले ठूलो उपलब्धी भनेको छ ।
सरकारले गठबन्धन दलको भागपवण्डाको कारण गभर्नर गर्न नसकेको भन्दै बिरोध बढेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकले चाँडै नयाँ गभर्नर पाउने बताएका छन् । मंगलवार मन्त्रीपरिषद्का बैठक सार्वजनिक गर्ने क्रममा गुरुङले छिटो भन्दा छिटो राष्ट्र बैंकले गभर्नर पाउने बताएका हुन् ।
सचार मन्त्री गुरुङले गभर्नर नियुक्तिका लागि समयमै नियुक्तिका लागि सिफारिस गर्ने कमिटी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको र कमिटीले काम पनि गरिरहेको बताए ।
गभर्नरको नियुक्तिमा दुई वटा पार्टीको बीचमा भागबण्डा नमिलेर नियुक्ति भएको चर्चा चलिरहेको छ । तर सत्तारुढ दुई दलबीचको विवादकै कारण ढिलो भएको भन्ने कुरा सत्य नभएको मन्त्री गुरुङले दाबी गरेका छन् । अझ उनले डेपुटी गभर्नर निलम ढुंगानालाई सरकारले कार्यवाहक गभर्नर तोकिसकेकोलाई उपलब्धिका रुपमा अथ्र्याएका छन् ।
गभर्नरको नियुक्तिका लागि सिफारिस गर्ने कमिटी अर्थमन्त्रीको संयोजकत्वमा गठन गरेको कमिटीमा पूर्व गभर्नर डा विजयनाथ भट्टराई र अर्थशास्त्री डा विश्व पौडेल रहेका छन् ।
सरकारका प्रवक्ता समेत रहेका गुरुङले नेपाललाई ग्रे लिस्टबाट माथि उठाउने कुरा गभर्नरको हातमा मात्रै नरहेको र सरकारले ग्रे लिस्टबाट माथि उठ्नका लागि काम गरिरहेको पनि बताएका छन् ।
गुरूङले नेपाललाई ग्रे लिस्टबाट माथि उठाउने कुरा गभर्नरको मात्रै हातमा नरहेको भन्दै सरकारको सुशासनको कुरा पनि त्यत्तिकै महत्व रहेको बताएका छन् । ‘राष्ट्र बैंकको मनिटरी, फाइनान्सियल पोलिसीको पनि महत्वपूर्ण भुमिका रहेको भन्दै गभर्नरले मौद्रिक अर्थतन्त्रलाई सही वाटोमा लैजान सक्नु पर्ने चुनौती रहेको सरकारी पक्षको भनाई छ ।
गभर्नरको चर्चामा रहेको नामहरुमा सत्तारुढ दलका नेताहरुले आफनो पक्षमा लविङ गरिरहेका छन् । केन्द्रीय बैक सञ्चालन गर्ने ब्यक्ति गभर्नर कुनै दल तथा समूहको स्वार्थमा चयन गरिएको अवस्थामा मुलुकको समग्र अर्थतन्त्र र मौद्रिक ब्यवस्थामा असर पर्न सक्छ ।
सरकारले राष्ट्र बैकको गभर्नर चयन गर्दा कुनै समूह तथा गुटको स्वार्थमा भन्दा माथि उठेर मुलुकको समग्र अर्थतन्त्रलाई चलाउन सक्ने योग्य र इमान्दार गभर्नरको छनौट गर्न सरकारले ठुलो त्याग गर्न सक्नु पर्ने देखिन्छ ।