रुपन्देही कारागारको ४ नम्बर ब्लकमा राखियो लामिछानेलाई

काठमाडौँ । सहकारीको रकम हिनामिना प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएपछि रास्वपा सभापति रवि लामिछानेलाई कारागार चलान गरिएको छ ।
सोमबार उनलाई रुपन्देही जिल्ला कारागारको ४ नम्बर ब्लकमा राखिएको हो । त्यस ब्लकमा लामिछानेलाई एक्लै राखिएको छ । कारागार पठाउनुअघि पक्रिया पूरा गर्नका लागि उनलाई जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर थुनुवा पुर्जी थमाइएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडियामा ल्याएर खर्च गरेको अभियोगमा उनीविरुद्ध संगठित अपराध मुद्दा चलाइएको छ । यसअघि रुपन्देही जिल्ला अदालतले उनलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०८१ १२:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय